१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कर्णालीमा कोरोना संक्रमितको संख्या ११ पुग्यो

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार गरिएको परीक्षणमा सात जनामा कोरोना पुष्टि भएको हो । सातै जना दैलेखका नागरिक हुन् । स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीका अनुसार भेरी अस्पताल बाँके र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा गरिएको पीसीआर परीक्षणका क्रममा थप सात जनामा कोरोना पुष्टि भएको हो ।  

भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा दैलेखको नारायण नगरपालिकाका १५ र १८ वर्षका पुरुष, डुंगेश्वर गाउँपालिकाका २९ र २७ वर्षका पुरुष तथा कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दैलेखकै गुराँस गाउँपालिकाका २४ र २५ वर्षका युवामा कोरोना पुष्टि भएको हो ।\

कर्णालीमा योसँगै कारोना संक्रमितको संख्या ११ पुगेको छ । यसअघि सुर्खेतका तीन र दैलेखका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सबैलाई कर्णाली प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा राखिएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डा. तिवारीले जानकारी दिए ।

प्रकाशित: १२ जेष्ठ २०७७ ०८:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App