१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बडिगाडमा कोरोना परीक्षण गरिने

भारतबाट बडिगाड गाउँपालिका आउने सबै जनाको कोरोना भाइरस (कोभिड१९) को परीक्षण शुरु गरिएको छ। भारतको विभिन्न स्थानमा अलपत्र परेर गाउँपालिकाको सहयोगमा उद्वार गरिएका सबैजनाको कोरोना परीक्षण (पिसिआर( गरिने भएको हो।

बडिगाड गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाका अनुसार त्रिभुवन मावि र भानु मावि क्वारेन्टाइनमा भएका मध्ये आज(सोमबार) त्रिभुवन माविमा रहेका ६ जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिने भएको छ।  

भारतको विभिन्न राज्यबाट आई सीमामा अलपत्र ७६ जना पुरूष, ३ जना महिला र एक जना बच्चा गरी आतबारसम्म ८० जनाको उद्वार गरिएको गाउँपालिकाले जनाएको छ। भारतबाट आउनेमा बडिगाड गाउँपालिका वडा नम्बर १ का ३ जना, वडा नम्वर २ का २ जना, ३ का ११ जना, ४ का १९ जना, ५ का १५ जना,७ का १६ जना, ८ का ९ जना र ९ का ५ जना रहेको केश इन्भेष्टिकेशन एण्ड कन्ट्रयाक ट्रेसिङका प्रमुख चुरामणि कँडेलले जानकारी दिए।

हालसम्म भानुमावि र त्रिभुवन माविको क्वारेन्टाइनमा ४०(४० जना रहेको र अब आउने नागरिकलाई बुद्व मावि र भीमगिठे माविको क्वारेन्टाइनमा राख्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष पाइजाले बताए। उनका भित्रिने  छन्।

उनीहरूका लागि खान र बस्नका लागि पालिकाले सहयोग गर्दै आएको छ। यसैगरी शनिबार बडिगाड,ढोरपाटन, निसी र तमानखोलाका प्रमुखबिच छलफल भएको छ। छलफलमा आफ्ना नागरिकको उद्वार गरी व्यवस्थापनमा ध्यानदिनुपर्ने निष्कर्ष निकालेका थिए।

प्रकाशित: १२ जेष्ठ २०७७ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App