१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निजगढमा सेनिटाईजिङ टनेल

गाडीहरुको माध्यमबाट कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि निजगढ नगरपालिक अन्तर्गत पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्गमा सेनिटाईजिङ टनेल सञ्चालनमा ल्याइएको छ। निजगढ बजार क्षेत्र भन्दा पश्चिम महेन्द्र राजमार्गमा रहेका बाल बकैया खोलाको पुल नजिकै गाडीहरुको लागि सेनिटाईजिङ टनेल सञ्चालनमा ल्याइएको हो।

निजगढ नगरपालिकको सहकार्यमा खानी तथा क्रसर व्यवसायी संघ निजगढको लगानीमा सेनिटाईजिङ टनेल सञ्चालनमा ल्याइएको बताइएको छ। मानिसहरुको माध्यमको साथ साथै ढुवानीको माध्यमले समेत कोरोना भाइरस निजगढ क्षेत्रमा फैलिन सकिने डरलाई ध्यानमा राखेर सेनिटाईजिङ टनेल राजमार्गमा सञ्चालन गर्नु परेको निजगढ नगरपालिका प्रमुख सुरेशकुमार खनालले बताएका छन्। सेनिटाईजिङ टनेलले कोरोना भाइरसको नियन्त्रणमा सहयोग पुग्ने बिश्वास गरिएको खनालले बताए।

बहिरबाट खाद्यान्य, मल, निर्माण लगाएतका सामग्री लोड गरेर आएका गाडीहरुलाई सेनिटाईजिङ गरेर मात्रै निजगढमा प्रवेश गर्न दिएको कार्यले गर्दा ढुवानीको साधानहरुबाट नगर क्षेत्रमा कोरोना भाइरस फैलिन सकिने डर न्युन रहेको खनालले दावी गरे।

ढुवानीको साधनहरुले गर्दा निजगढ कोरोनाको जोखिनमा रहेको देखेर नै क्रसर व्यवसायीहरुले सेनिटाईजिङ टनेल सञ्लागन गर्न कार्यमा सहयोग गरेको निजगढका क्रसर व्यवसायी उधव चौलागाईले बताएका छन्।

पश्चिमबाट राजमार्ग हुँदै निजगढ प्रवेश गर्ने ढुवानीका साधनहरुलाई टनेलमा सेनिटाईजिङ गर्ने कार्य गरिएको छ।

प्रकाशित: ९ जेष्ठ २०७७ ११:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App