१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कपिलवस्तुमा दुई संचारकर्मी सहित नौ जना कोरोना संक्रमित थपिए

कपिलवस्तुमा दुई संचारकर्मी सहित नौ जना कोरना संक्रमित थपिएका छन्। यससंगै जिल्लामा कोरोना संक्रमितको संख्या ६९ पुगेका छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान पुष्टि गरेका कपिलवस्तको नौ जना मध्ये बाणगंगा नगरपालिकाका पाँच, मायादेबी गाउपालिकाका तीन र कपिलवस्तु नगरपालिकाका एक जना हुन्।  

जिल्लाका चार सुरक्षाकर्मी, एक स्टाफ नर्स, दुई कर्मचारीमा यस अघि नै संक्रमण पुष्टि भइसकेको थियो । कपिलवस्तु नगरपालिका–३ का २९ वर्षिय पुरुष र बाणगंगा नगरपालिका–१० का २५ वर्षिय पुरुष गरी दुई जनामा कोरोना पुष्टि भएको पत्रकार महासंघका जिल्ला सभापति डिलाराम भुसालले बताए । २९ वर्षिय पुरुषले एक अनलाईनमा र २४ वर्षिय पुरुषले स्थानीय टेलिभजनमा फाटो पत्रकार हुन्। दुबै जना लकडाउनका बेला स्थलगत रिपोटिङका क्रममा संक्रमित भएको हुन सक्ने अध्यक्ष भुसालले बताए ।

दुबै जना आफनै घरमा परिवारसंगै बस्दै आएका छन्। दुबैले बाणगंगा नगरपालिको सिद्धार्थ क्याम्पसमा गएर स्वाब दिएका थिए । जिल्लामा डेढ दर्जन पत्रकारको पिसिआर परीक्षण गरिएको भुसालले बताए । बाणगांगा नगरपालिकामा वडा नं ७ का ५३ वर्षिय, वडा नं. ५ का २७ वर्षिय, वडा नं. १० का २५ वर्षिय, वडा नं. ८ का २४ वर्षिय पुरुष रहेका छन्। यस्तै वडा नं. ४ की ८ वर्षिया बालिकामा पनि कोरोना देखिएको छ ।  

ति मायादेवी गाउँपालिका वडा नं. ४ का ४५ वर्षिय, वडा नं. ५ का ३४ वर्षिय र ३६ वर्षिय दुई जना पुरुष रहेका छन्। स्वास्थ्य कार्यालय अनुसार बाणगंगामा भेटिएका मध्ये तीन जना सिद्धार्थ क्याम्पस बुङचीको क्वारेन्टिनमा बसेका ब्यक्ति हुन्। भारतको मुम्बईबाट वैशाखको चौथो साता फर्के पछि उनीहरूलाई क्वारेन्टिनमा राखिएको छ । वडा नम्बर ४ ठकुरापुरमा भेटिएकी ८ वर्षिया संक्रमित बालिका भने घरै छिन्।

यस अघि  सोही गाउकी ६ वर्षिया बालिकामा कोराना देखिएको थियो । उता मायादेबी गाउपालिकामा कोरोना पुष्टि भएका ब्यक्तिहरू भारतको मुम्बईबाट दुई साता अघि फर्केर क्वारेन्टिनमा बस्दै आएका छन्। तिनै जनाको आरटिडी समेत पोजेटिभ देखिएको गाउपालिकाका स्वास्थ्य संयोजक महेन्द्र प्रसाद यादवले बताए ।

शुक्रबार बिहान संक्रमित पुष्टि भएका नौ जना मै कोरोनाको कुनै लक्षण नदेखिएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबार संक्रमित पुष्टि भएसंगै बाणगांगामा ५, मायादेबीमा १२ र कपिलवस्तु नगरपालिकामा संक्रमितको संख्या १० पुगेका छ ।

प्रकाशित: ९ जेष्ठ २०७७ ०८:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App