१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

क्वारेन्टिन देखाउने दाँतमात्र

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दो छ। संघीय र प्रदेश सरकारको समन्वयमा अधिकतर स्थानीय तहहरूले सुरुवाती चरणमै क्वारेन्टिन तथा आइसोलेसन निर्माण गरेका छन्। तर क्वारेन्टिन निर्माणका लागि विभिन्न मापदण्ड तोकिएको भए पनि सदरमुकाम क्षेत्रमै त्यसको पालना भएको देखिँदैन।

संक्रमित देखिएका धादिङ, चितवन, काभे्रलगायत जिल्लामा निर्माण गरिएका क्वारेन्टिन मापदण्डअनुसार छैन, देखाउने दाँतसरह छन्। सिन्धुलीको सदरमुकाम क्षेत्रमा बनाइएको क्वारेन्टिनको अवस्था निकै कमजोर छ। व्यवस्थित भनेर निर्माण गरिएकै ठाउँमा शड्ढया मात्रैकै क्वारेन्टिन छ। संक्रमण अवधिभर आशंकितलाई छुट्टै राखेर रोगको निदान गर्ने परीक्षण विधि क्वारेन्टिन भए पनि एकै कोठामा धेरै जना राख्नेमात्र होइन, सामाजिक दुरीसमेत कायम गरिएको छैन। स्वास्थ्यकर्मीहरू पनि नियमित आउँदैनन्।

क्वारेन्टिनको मापदण्डअनुसार छुट्टै शौचालयदेखि आधारभूत आवश्यकताका सामग्री छुट्टाछुट्टै हुनुपर्छ तर न्यूनतम मापदण्डसमेत ख्याल नगरिँदा महामारी झन् बढ्ने चिन्ता स्थानीयले गर्ने गरेका छन्। तीन जना संक्रमित देखिएको चितवनमा पनि व्यवस्थित क्वारेन्टिन छैनन्। स्थानीय उपलब्धताका आधारमा वडावडामा क्वारेन्टिन निर्माण भइरहेका छन् तर तिनको व्यवस्थापन फितलो देखएिको छ।  

ग्रामीण क्षेत्रमा विद्यालयहरूमा निर्माण गरिएको क्वारेन्टिन देखाउने दाँतमात्रै भएका छन्। विद्यालयका बेन्च जोडेर सुत्ने खाँट बनाइएको छ भने केही ठाउँमा भइँँमा नै सुत्नुपर्ने अवस्था छ। व्यवस्थित शौचालय नहुँदा दिसा–पिसाब गर्न जंगल तथा झाडीमा जानुपर्ने बाध्यता छ। वाग्मती प्रदेशमा चार हजार चार सय ६१ शड्ढयाको क्वारेन्टिन निर्माण गरिएको छ, जसमा दुई सय ८३ जना बसेका छन्। त्यस्तै नौ सय नब्बे शड्ढयाको आइसोलेसनमा ६९ शड्ढया भरिएको छ।  

संक्रमितको संख्या थपिँदै जाँदा भएका क्वारेन्टिन र आइसोलेसनलाई व्यवस्थित बनाउने र गुणस्तर सुधारका कार्य गर्दै आइरहेको बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताए। ‘बनेका क्वारेन्टिनहरू नै व्यवस्थित नभएको र राष्ट्रिय मापदण्डअनुसार नभएको जनगुनासो आएको छ,’ मन्त्री दुलालले भने, ‘हामी अहिले संख्या विस्तार गर्नु भन्दा पनि गुणस्तर सुधार गर्ने कार्यतर्फ लागेका छौँ।’  

प्रकाशित: ८ जेष्ठ २०७७ ०२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App