१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मापदण्ड अनुसार छैन क्वारेन्टिन

बागमती प्रदेशमा कोरोना संक्रमणबाट जोगिनको लागि निर्माण भएका अधिकांश क्वारेन्टिन मापदण्ड अनुसार नभएको पाईएको छ । स्थानीय सरकारले बनाएको क्वारेन्टिनमा पानी विजुली, सौचालयसमेत छैन । न्युनतम मापदण्ड पुर्याएर क्वारेन्टाइन बनाउने निर्देशन गरेपनि स्थानीय तहमा पुर्वाधार र जनशक्ति अभावको कारण समस्या भएको बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताए ।

संघिय र प्रदेश सरकारको समन्वयमा स्थानीय तहहरुले सुरुवाती चरणमै क्वारेन्टिन तथा आइसोलेसन निर्माण गरेका छन्। क्वारेन्टिन निर्माणका लागि विभिन्न मापदण्ड तोकिएपनि सदरमुकाम क्षेत्रमै त्यो देखिदैन । पर्याप्त शौचालय नहुनु, खानेपानीको सुविधा नहुनु, स्वास्थ्यकर्मीहरु नियमित नआउनु लगायतका समस्या भोग्दै आइरहेका छन्।

संक्रमित देखिएको जिल्ला धादिङ, चितवन, काभे्रपलान्चोक जिल्लामा निर्माण गरिएको क्वारेन्टाइन मापदण्ड अनुसार छैन । देखाउने दाँत मात्र भएको छ । सिन्धुलीको सदरमुकाम क्षेत्रमा बनाइएको क्वारेन्टिको अवस्था नाजुक छ । व्यवस्थित भनेर निर्माण गरिएकै ठाउँमा बेड मात्रैकै क्वारेन्टिन छ । संक्रमण अवधिभर आशंकितलाई छुट्टै राखेर रोगको निदान गर्ने परीक्षण विधि क्वारेन्टिन भएपनि एकै कोठामा धेरै जना राख्ने, सामाजिक दुरी कायम समेत नगरिएको क्वारेन्टिनमा बस्नेहरुको गुनासो रहेको छ ।  

ग्रामीण क्षेत्रका विद्यालयमा निर्माण गरिएको क्वारेन्टिन देखाउने दाँत मात्रै भएको छ । विद्यालयका बेञ्च जोडेर सुत्ने खाँट बनाइएको छ भने केही ठाउँमा भुँईमा नै सुत्नुपर्ने अवस्था छ । व्यवस्थित शौचालय नहुदाँ जंगल तथा झाँडीमा जानुपर्ने बाध्यता छ । बाग्मती प्रदेशभरी चार हजार चार सय ६१ बेडको क्वारेन्टिन निर्माण गरिएको छ ।  जसमा दुईसय ८३ जना बसेका छन् । त्यस्तै नौसय नब्बे बेडको आइसोलेसन निर्माण गरिएकोमा ६९ बेडमा विरामी बसेकाको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमितको संख्या थपिदै जाँदा भएका क्वारेन्टिन र आइसोलेसनलाई व्यवस्थित बनाउने र गुणस्तर सुधारका कार्य गर्दै आइरहेको बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताए । ‘बनेका क्वारेन्टिनहरु नै व्यवस्थित नभएको र राष्ट्रिय मापदण्ड अनुसार नभएको जनगुनासो आएको छ’, मन्त्री दुलालले भने, ‘हामीले अहिले संख्या बिस्तार गर्नु भन्दा पनि गुणस्तर सुधार गर्ने कार्यतर्फ लागेका छौँ ।’

बागमती प्रदेशका १० जिल्लामा २१ जना संक्रमित भेटिएका छन् । जसमध्ये १४ जना उपचारत, ६ जना निको भइसकेको र एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसोसम्म  १३ हजार १ सय ९७ आरडीटि परिक्षण गरिएकोमा एक सय १३ वटामा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिए ।

प्रकाशित: ७ जेष्ठ २०७७ १२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App