१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पुर्चौडी नगरपालिकाका मेयरमाथि हातपात

पुर्चौडी नगरपालिकाको कार्यालयमा तोडफोड गरिएको छ भने मेयर रण्बहादुर कुँवरलाई स्थानीय युवाले हातपात गरेका छन् । सोमबार अपराह्न कार्यकक्षमै हातपात गरेको नगरप्रवक्ता दलबहादुर धामीले बताए । स्थानीय युवाको एक समूहले नगरप्रमुख कुवँरमाथि कुटपिट गर्नुका साथै कार्यकक्ष र कार्यालयमा समेत तोडफोड गरेका हुन् । कार्यालयको कम्प्युटर, ल्यापटप र कुर्सीटेबुलसमेत तोडफोड गरेको नगरप्रवक्ता धामीले बताए । आइतबार नगरप्रमुख कुँवरले इलाका हुलाक कार्यालयमा कार्यरत दिलबहादुर धानुकमाथि कुटपिट गरेको भन्दै आक्रोशित स्थानीय युवाले मेयरमाथि हातपात र कार्यालय तोडफोड गरेको  बुझिएको छ ।

पुर्चौडीका स्थानीयसमेत रहेका धानुकसँग भएको विवादका क्रममा नगरप्रमुख कुँवरले कुटपिट गरेका र उल्टै धानुकलाई पक्राउ गर्दै अभद्र व्यवहारको मुद्दा लगाएका थिए । धानुकका दुई छोरा र एक स्थानीयले आक्रोशित हुँदै मेयरमाथि आक्रमण गरेका हुन मदिरा सेवन गरेको बेला आइतबार हुलाकका कर्मचारी धानुकलाई नगरप्रमुख कुँवरले हातपात गरेका थिए । हातपात र कार्यालयमा क्षति गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

मेयरमाथि हातपात गर्ने रमेश धानुक, पुस्कर धानुक र चन्द्र भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेयले बताए ।दुई दिन लगातार आक्रमणका घटना भएपछि  पुर्चौडीमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । पुर्चौडीमा डोटीको दिपायलमा रहेका प्रहरीको प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल गुल्म नम्बर ५१ बैतडीबाट सशस्त्र प्रहरीले परिचालन गरिएको छ ।  

यस्तै बैतडीको दोगडाकेदार गाउँपालिका – ७ का वडाध्यक्ष भरत महरामाथि स्थानीय युवाले कार्यकक्षमै कुटपिट गरेका छन् । सोमबार स्थानीय सिल्लेगडा बजारका युवाको एक समूहले वडाध्यक्ष महरामाथि हातपात गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी  बताए । लकडाउन उल्लंघन गर्दै गाडी चलाएको भन्दै युवाहरुलाई वडाध्यक्ष महराले रोक्न खोज्दा विवाद उत्पन्न भएको थियो । 

कुटपिटबाट घाइते  वडाध्यक्ष महरा उपचारका लागि उनी धनगढी गएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । वडाध्यक्ष महराको नाकमुख, टाउको र पेटमा चोट लागेको छ । कुटपिटमा संलग्न रहेको भन्दै प्रहरीले कृष्ण जोशी, हरि जोशी, नरिनराज जोशी र राजीव धामीलाई पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।  

प्रकाशित: ६ जेष्ठ २०७७ १२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App