८ वैशाख २०८१ शनिबार
समाज

मध्यवर्ती वनमा बेवारिस अवस्थामा ७ थान बन्दुक बरामद

डोल्पा- लकडाउनको मौका छोपेर मध्यवर्ती वन क्षेत्रमा वन्यजन्तुको चोरी सिकारी हुने गरेको पाइएको छ । शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज अन्र्तगतको रसि गाउँमा रहेको महाकाल मध्यवर्ती क्षेत्र सामुदायिक वनमा बेवारिस अवस्थामा ७ ओटा बन्दुक बरामद गरिएपछि चोरी सिकारी हुने गरेको थाहा हुन आएको हो ।

चोरी सिकारी हुने गरेको सुराकी पाएपछि निकुन्ज कार्यालय सुलिगाडबाट गएको निकुन्ज कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती टोलीले वन क्षेत्रमा सर्च गर्दा वेवारिस अवस्थामा बन्दुक बरामद गरेको निकुन्ज कार्यालयले जनाएको छ । समुदायले संरक्षण गरिरहेको त्रिपुरासुन्दरी नगरपालिका २ अन्र्तगत रसि गाउँमा रहेको महाकाल सामुदायिक वनमा चोरी सिकारी भइरहेको सुराक आफू कहाँ आएपछि निकुन्ज वन संरक्षण अभियान अन्र्तगत निकुन्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको ईश्वरी बक्स गुल्म र निकून्ज कार्यालयका कर्मचारीसहितको संयुक्त गस्ती टोली पठाएर सर्च गर्दा वेवारिस ७ थान बन्दुक बरामद गरिएको निकुन्जका कायमुकायम प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए ।

महाकाल सामुदायिक वन क्षेत्रमा पर्ने लारी भन्ने ओडारमा लुकाएर राखिएको अवस्थामा २ थान र बाँकी जङ्गलमै तयारी अवस्थामा राखिएका वेवारिस बन्दुक गरेर ७ थान बन्दुक बरामद गरिएको बताउदै बन्दुक कसको हो भन्ने बारेमा खोजतलास तीव्र पारिनुका साथै रसि गाउँमा समेत सर्च अभियान थालिएको निकुन्ज कार्यालयले जनाएको छ । बेवारिस अवस्थामा बरामद गरिएका ७ थान बन्दुक निकुन्ज कार्यालय सुलिगाडमा सार्वजनिक गरिएको थियो । निकुन्ज अन्र्तगतका मध्यवर्ती क्षेत्रका समुदायले संरक्षण गरिरहेको सामुदायिक वनमा पछिल्लो समय ठूलो मात्रामा चोरी सिकारीको लागि प्रयोग भइरहेका बन्दुक ठूलो संख्यामा बरामद हुन थालेपछि  संरक्षणमा थप चुनौती थपिएको छ ।

 

प्रकाशित: १ जेष्ठ २०७७ १५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App