coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

टिपर चालकलाई स्वास्थ्य सामाग्री वितरण

विकास निर्माणका आयोजना सञ्चालन

कोरोना भाइरसको जोखिम कम गर्न मुलुक लकडाउनमा छ । जिल्ला संकट व्यवस्थापन केन्द्र काभ्रेले सुरक्षाको मापदण्ड र सामाजिक दुरी कायम गरी विकास निर्माणका आयोजना आइतबारदेखि सञ्चालन गर्ने निर्णय गरेको थियो ।  

उक्त निर्णय कार्यान्वयन भएसँगै जिल्लाको अरनिको र वि.पी राजमार्ग हुदैँ निर्माण साम्रगी ढुवानी साधन बढि मात्रामा गुड्न थालेपछि जिल्ला ट्राफिक कार्यालय काभ्रेले ट्रिपर चालकको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री वितरण गरेको छ ।  

बागमति ट्रिपर व्यवसायी संघ र जिल्ला ट्राफिक कार्यालयको संयुक्त आयोजनामा ट्रिपर चालकलाई बनेपा र पनौतीमा स्वास्थ्य सामाग्री वितरण गरिएको हो । ‘अहिले यी राजमार्ग हुदैँ सञ्चालन भइरहेका सवारीमध्ये अत्याधिक मात्रामा ट्रिपर रहेको जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख बिशाल तामाङले बताए ।

सवारी अनुगमनको क्रममा सवारी चालकले मास्क, पञ्जा र स्यानिटाइजर प्रयोग नगरेको पाइएको थियो । उक्त विषयमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीसँगको छलफलपछि चालकलाई स्वास्थ्य सामाग्री वितरण गरिएको उनले जानकारी दिए ।

हजारदेखि १५ सय चालकलाई सामाग्री वितरण गर्न लागिएको छ । लकडाउनले गर्दा निर्माणाधिन अवस्थामा रहेका परियोजना अलपत्र परेपछि लकडाउन खुकुलो गर्दै निर्माण ढुवानी सुचारू गरेको तामाङले बताए ।  

उनका अनुसार अहिले काठमाडौंमा  निर्माण सामाग्रीको माग बढेपछि जिल्लाको अरनिको र वि.पी राजमार्गमा ट्रिपर धेरै संख्यामा आवतजावत गरेको छ । लकडाउन अवधिमा पनि दैनिक करिब दुई सय ट्रिपर गुड्ने गरेको कार्यालयको तथ्याङकमा छ । 

प्रकाशित: ३० वैशाख २०७७ १४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App