१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बन्चरो प्रहार गरि बुवा आमाको हत्या

तेह्रथुम- तेह्रथुमको फेदाप गाउँपालिका ५ साबिक इसिबु एक सिङ्गला टोलका एक युवाले बन्चरो प्रहार गरि दुई जनाको हत्या गरेका- छन् । बिहीबार साँझ करिब साढे ५ बजे स्थानीय २० वर्षिय कन्चन लिम्बुले आफ्नै बाबू र शौतेनी आमाको बन्चरो प्रहार गरि हत्या गरेका हुन ।

अन्दाजी ४२ वर्षिय रुपबहादुर लिम्बु र शौतेनी आमा अन्दाजी ३५ वर्षकी रुपेनी लिम्बूको बन्चरो प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक तेजबहादुर दाहालले बताए । बुवा आमाको हत्यापछि फरार भएका लिम्बुलाई प्रहरी चौकी सम्दु र प्रहरी चौकी पोक्लाबाङ्गको संयुक्त टोली र स्थानीयबासीले इसिबुको देउराली भन्ने स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २६ वैशाख २०७७ ०९:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App