भक्तपुर - लकडाउन लम्बिन थालेसँंगै भक्तपुरका धेरै स्कुलकलेजहरुले अनलाइन कक्षा थालेका छन्। अनलाइन कक्षामार्फत् उनीहरुले आआफना विद्यार्थीलाई पढाउन सुरु गरेका हुन्।
नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले कलेजले इन्जिनियरिङमा स्नातकोतर तहका विद्यार्थीका लागि दैनिक विहान अनलाइन कक्षा सुरु गरिसकेका जनाए। अन्य कक्षाभन्दा अनलाइन कक्षा बढी प्रभावकारी देखिएको अनुभब प्राडा श्रेष्ठले सुनाए।
‘स्नातकोतर तहका धेरैै विद्यार्थीले पढाइसँंगै काम पनि सुरु गरिसकेका हुन्छन्, प्राडा श्रेष्ठले थपे, ‘यस्तो अवस्थामा उनीहरु टाढाटाढाबाट कक्षामा आउन चाहेर पनि नसक्ने भई कक्षामा कम मात्रै उपस्थिति हुन्थ्यो तर अनलाइन कक्षा सुरु भएदेखि पढ्न पाउने विद्यार्थीको संख्या वढेको छ।’ कोही विद्यार्थी उपत्यकाबाहिर सेवारत रहेकाले चाहेर पनि कक्षामा पढनका लागि सहभागी हुन नपाउने अवस्था यसअघि रहेको उनले सुनाए।
लकडाउन यसरी नै कायम रही लम्विंदै गए स्नातक तहको इन्जिनियरिङको कक्षा पनि सुरु गर्नुपर्ने अवस्था आउने तर त्यो यसरी नै प्रभावकारी हुन नसक्ने अनुमान उनले गरे। अनलाइन कक्षा गर्न प्रतिविद्यार्थीप्रति हप्ता पाँंच सय रुपैयाँं इन्टरनेटकै लागि खर्चिनुपर्ने अवस्था भएकोले यो महँंगो हुने उनको भनाई छ। पुल्चोकपछिको इन्जिनियरिङको अध्यापनमा दरिलो कलेजको रुपमा रहेको यो कलेजमा स्नातक तहको इन्जिनियरिङमा मात्रै झण्डै एक हजार आठ सय विद्यार्थी अध्ययनरत रहेको बताइएको छ।
ख्वप इन्जिनियरिङ कलेल लिवालि भक्तपुरका सहायक प्राचार्य रविन्द्र फोंजू स्नातक तहबाहेक स्नातकोतर तहका इन्जिनियरिङका विद्यार्थीका लागि अनलाइन कक्षाहरु सुरु गरिकसकेको जनाए। कलेजमा स्नातकोतर तहको अर्थक्विक इन्जिनियरिङ र अर्वान डिजाइन एण्ड कन्जरभेसनका विद्यार्थीले अनलाइनबाट पढिरहेको जानकारी उनले गराए। लकडाउन अगाडि नै स्नातक तहका विद्यार्थी पढाई सकेर परीक्षाको तयारीमा रहेकाले स्नातक तहका विद्यार्थीलाई अनलाइन कक्षा सुरु नगरेको उनले जनाए।
यो माध्यमबाट भौतिकरूपमा कक्षामा उपस्थित नभई संसारको जुनसुकै क्षेत्रमा रहेका व्यक्तिले आफूले चाहेको जुनसुकै विश्वविद्यालय कलेजमा अध्ययन गर्नसक्ने वातावरण जुनसुकै स्थानबाट असीमित विद्यार्थीको सहभागिताबाट अध्यापन गराउन सम्भव हुुन्छ। आफ्नो पेशा सँगसँगै इच्छुक व्यक्तिले उच्च शिक्षा हासिल गर्नसक्ने लचिल्लोपनाका कारण यसको व्यापकता पछिल्लो सयम संसारभरको लकडाउनसँंगै बढ्दै गइरहेको पाइन्छ।
तर यसले शिक्षाको असमानताको खाडल अझै गहिरिएर जाने विचार सहायक प्राचार्य फोंजूको छ। किनकि यो प्रविधिबाट पढाई हुँंदा उच्च वर्गका छोराछोरीको वढी पहुँंच हुन्छ। इन्टरनेटको पहुँंच नभएका गरिव तथा विपन्न वर्गका छोराछारी यो पहुँंचबाट बाहिरिन्छन्।
अनलाइन कक्षा भौतिक कक्षाको विकल्प हो ? भन्ने प्रश्नमा विज्ञहरु ‘अनलाइन सिकाइ र परम्परागत सिकाइका आफ्नै विशेषता र सीमितता छन्। सूचना, सञ्चार र प्रविधिको तीव्रतर विकाससँगै अनलाइनका माध्यमबाट हुने अध्ययन–अध्यापनको अभ्यास बढ्दो छ। अनलाइन सिकाइमा आबद्ध भएका विद्यार्थीको सङ्ख्या यकिन गर्न जटिल भए पनि हार्वड विश्वविद्यालयमा विगत तीन सय ७७ वर्षमा उपस्थित भएका वास्तविक विद्यार्थी भन्दा एक वर्षमा हार्वड अनलाइन कक्षामा आबद्ध हुने सङ्ख्या अधिक रहेको फ्युचर प्रोफेसन पुस्तकमा लेखकले उल्लेख गरेका छन्’ भन्छन्।
कोभिड–१९ संसारभरकै शैक्षिक संस्थाहरूलाई शैक्षिक क्षेत्रमा अल्पकालीन समयको लागि नवीनतम उपाय खोज्न उत्प्रेरक बनेको उनीहरु जनाउँंछन्। कोभिड–१९ को महामारीले शैक्षिक संस्थाहरूलाई अनलाइन कक्षातर्फ जबरजस्त धकेलेको उनीहरुको बुझाई छ।
इन्जिनियरिङबाहेक जिल्लाकै सर्वाेत्कृष्ट कलेजको रुपमा रहेको ख्वप कलेज, ख्वप मावि, बाल विकाश इगलिश सेकेण्डरी स्कुललगायतका स्कुलकलेजहरुले पनि यहाँं अनलाइनक कक्षाहरु सुरु गरिसकेका छन्। ख्वप माविका नेपाली शिक्षक विमल प्रधान अरुबेला भन्दा अनलाइन कक्षामा विद्यार्थीहरु उत्सुक देखिएको अनुभब सुनाउँंछन्। आफना कक्षा कुल ५४ जना विद्यार्थीले कक्षा लिएको सुनाए। बाँंकी १० जना विद्यार्थी नेटवर्कका कारण सम्पर्कमा रहन नसकेको उनले जनाए। विद्यार्थीलाई पढाईप्रतिको दतचिततालाई निरन्तरता दिन यो प्रभावकारी भएको पाइएको अनुभब उनले सुनाए।
जिल्लामा एईईको तयारीमा रहेका विद्यार्थीका लागि भक्तपुर टेलिभिजनमार्फत् भच्र्यअल क्लास (टिभीबाटै पढाई) पनि दैनिक भइरहेको छ। यसले एईई दिने जिल्लाका विद्यार्थीलाई धेरै मात्रामा सहयोग पुग्ने विश्वास गरिएको छ।
नेपालमा बन्दबन्दीका कारण पूर्वप्राथमिक तह, प्राथमिक, माध्यमिक र विश्वविद्यालय तहका क्रमशः नौ लाख ५८ हजार एक सय २७, २४ लाख ६६ हजार पाँच सय ७०, ३४ लाख ६३ हजार सात सय ६३ र चार लाख चार हजार सात सय १८ जना विद्यार्थी स्कूलकलेज जान नपाई घरमै बस्न बाध्य भएको अवस्था रहेको तथ्यांक छ।
के हो अनलाइन शिक्षा ?
इन्टरनेटको माध्यमबाट विद्यार्थीले घरमै कम्प्युटर वा ल्यापटप वा स्मार्ट फोनको प्रयोग गरी शिक्षा प्राप्त गर्ने प्रक्रियालाई अनलाइन कक्षा भनिन्छ। सन् १९९२ मा वल्र्ड वाइड वेबको विकासपश्चात् अनलाइन कक्षाको अवधारणामा व्यापकता बढ्न थाल्यो।
अनलाइन कक्षाले नयाँ अध्यापन विधिको उदय भयो। त्यसो त प्रविधिगतरूपमा अनलाइन सिकाइ नौलो भए पनि यो शताब्दी अगाडिदेखि नै सुरु भएको दूर शिक्षाको आधुनिक संस्करण मान्नुपर्छ। १९ औँ शताब्दीतिर विश्वविद्यालय र कलेज ज्ञान सम्भव नभएका विद्यार्थीलाई हुलाकबाट पाठ्य सामग्री पठाउने चलनबाट दूर शिक्षाको सुरुआत भएको मानिन्छ।
सन् १९१९ मा विस्कोन्सिन विश्वविद्यालयका प्राध्यापकहरूले शैक्षिक कार्यक्रम प्रसारित गर्न प्रयोग गरेको रेडियो स्टेसन र सन् १९३० मा टीभीको आविष्कारपछि टीभीमार्फत हुने पढाइ दूर शिक्षाको निरन्तरता थियो।
प्रकाशित: २३ वैशाख २०७७ ०६:५४ मंगलबार