१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डोटीमा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा

डोटी- शिखर नगरपालिकाकी एक महिलाको शंकास्पद मृत्यु भएको छ । शिखर नगरपालिका–८ की ३० वर्षिया राजु दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटना शुक्रबार बिहानको हो ।

मृतक राजु गम्भीर घाइते रहेको खबर शुक्रबार बिहानै प्रहरीलाई आएको थियो । ‘बिहानै ५ः५५ बजेतिर घाईते भएको खबर आयो,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कर्ण बोहराले भने,‘त्यसपछि त्यहाँबाट डडेल्धुरा अस्पताल लग्दा, उपचारका क्रममा मृत्यु भएको छ ।’ उनको टाउकामा चोट लागेको उनले बताए । उनका अनुसार मृतक राजुको टाउकामा चोट लागेको छ । चोट धारिलो वस्तुले हानेजस्तो नदेखिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । ‘काटिएको नभई फुटेको छ, भन्ने डक्टरको भनाई छ । पोष्टमार्टम रिपोर्ट आएको छैन,’ उनले भने ।

घटनापछि राजुका श्रीमान कृष्ण दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘हत्याको स्वीकार गरेको छैन,’ प्रहरी निरीक्षक बोहराले भने,‘आफू बिहान व्युझिँदा घाइते अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको बयान दिएका छन ।’ घटना भएको घरको एउटा कोठामा दमाई दम्पत्ति बस्ने गरेको उनले बताए । उनले भने, ‘त्यही कोठामा सुत्ने र त्यही भान्सा छ । त्यसैमा कोठामा मृतक घाइते अवस्थामा भेटिएकी हुन् ।’

 

प्रकाशित: १३ वैशाख २०७७ ०४:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App