१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अटेरी गर्ने पसलमाथि कारबाही

भक्तपुर- आमाको मुख हेर्न दिनलाई लक्षित गरी पसल नखोल्न पटकपटक गरेको अनुरोधलाई अटेरी गर्ने पसलमाथि कारबाही गरिएको छ । कोरोना भाइरस संक्रमणबा जोगिन घरघरमै बसेर आमाको मुख हेर्ने पर्व मनाउन दिनका लागि पर्व लक्षित फलफूल तथा मिठाई पसल नखोल्न गरिएको अनुरोधलाई वेवास्ता गर्ने पसलेहरुमाथि भक्तपुर नगरपालिकाको बजार अनुगमन समितिले कारबाही गरेको हो । यसरी कारबाहीमा परेका पसलहरुमा नगरको दुधपाटीमा रहेको छोटु फलफूल पसल बन्द गराइयो ।

यस्तै नगरको भुलाचामा तराजु र फलफूल क्रेट जफत गरियो । जगातीमा तराजु र खाली क्रेट जफत गरियो । त्यस्तै महालक्ष्मी ज्याख्वपाटी आगाडिको फलफूल पसल अटेर भई खोलेको सुन्तला हाप क्रेट, कमलबिनायकमा फलफुल पसल खोलिराखेको पटकपटक बन्द गर्न अनुरोध गर्दा पनि नगरेकोले सुन्तला, मेवा जफत गरियो । यस्तै कमलबिनायक बसपार्कमा रहेको फलफूल पसलमा पनि सुन्तला जफत गरियो । त्यस्तै मुलढोका, लान्चाफल्चामा पसल बन्द गरायो ।

च्याम्हासिंहमा साइकल, गाडामा फलफूल राखी धुमन्ते तरिकाले बेचेको फलफूल सहितको दुई वटा साइकल जफत गरिएकोे वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताए ।

 

प्रकाशित: ११ वैशाख २०७७ १२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App