coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मन्थलीमा यात्रुबाहक बस दुर्घटना, २८ जना घाइते

रामेछाप - रामेछापको मन्थली नगरपालिका ६ कुनौरीको मोडमा बुधबार विहान यात्रुबाहक बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको तामाकोशी अस्पताल रामेछापले जनाएको छ। 

दुर्घटनामा परि गम्भिर घाइते भएकी तामाकोशी गाउपालिका ३ की  इन्दिरा पोखरेललाई थप उपचारको लागि काठामाडौ पठाइएको अस्पतालले जनाएको छ।

लकडाउनका कारण काठमाडौँमा बस्दै आएका मानिसलाई गाउँ ल्याउने क्रममा  यात्रु लिएर दोलखाको जफेजाँदै गरेको बा २ ख ६८१८ नम्बरको बस मन्थलीको कुनौरीस्थित मोडमा बस घुमाउने क्रममा ब्रेक फेल भै सडकमै पल्टिएको प्ररीले जनाएको छ।

३९ जना यात्रु बोकेर आएको सो बस कुनै पनि यातायात कम्पनीमा दर्ता नरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। 

प्रकाशित: १० वैशाख २०७७ ०१:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App