१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सिलाम साक्मामा सजिएका बालेन्द्र

बिहिबारको शपथ समारोहका आकर्षक थिए– प्रधानमन्त्री बन्न लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं सांसद बालेन्द्र शाह। शाह किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’ पहिरनमा थिए। सेतो दौरा–सुरुवाल, भादगाउँले कालो टोपी र कालो कोटमा चम्किएको सिलाम साक्मा पहिरनले धेरैको ध्यान खिच्यो। किराती संस्कृतिमा सिलाम साक्मा शुभको प्रतीक मानिन्छ। यसले अपशकुन टार्ने र सकारात्मक ऊर्जा ल्याउने विश्वास गरिन्छ।

‘मधेसको छोरो भादगाउँले टोपीमा सजिएर सिलाम साक्मा लगाउँदा सिंगो मुलुकले शपथ लिएको महसुस भयो’, सामाजिक सञ्जालमा निरज अर्यालले लेखेका छन्। पहिचानको राजनीति केवल विभाजन होइन, समन्वय पनि हुन सक्छ। शाहको पहिरनले त्यही समन्वयको सन्देश दिएको थियो– मधेश, पहाड, हिमाल, जनजाति सबैबिच सद्भाव कायम रहिरहनुपर्छ।

प्रकाशित: १३ चैत्र २०८२ ०८:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App