८ वैशाख २०८१ शनिबार
समाज

सङ्क्रमण फैलिन सक्ने भन्दै हटिया र तरकारी आयातमा रोक

तेह्रथुम- कोभिड–१९ को सङ्क्रमण फैलिन सक्ने खतरा देखिएपछि तेह्रथुममा तरकारी आयातमा रोक लगाइएको छ। जिल्लास्तरीय आपूर्ति व्यवस्था अनुगमन, सहजीकरण तथा नियन्त्रण समितिको सिफारिसबमोजिम जिल्ला प्रशासन कार्यालयले आइतबारबाट तरकारी आयातमा रोक लगाएको हो।

प्रशासनले स्थानीयस्तरमा तरकारी उत्पादन तथा आपूर्ति व्यवस्था सहज बनाउने निर्णयसमेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी भक्त खड्काले जानकारी दिए। मोरोङ सहित पूर्वी तराईका जिल्लाबाट हुने तरकारीको आयात सङ्क्रमण विस्तारका दृष्टिले जोखिमयुक्त देखिएपछि रोक लगाइएको खड्काले बताए।

यसैबीच सदरमुकाम म्याङलुङमा स्थानीय सरकार नगरपालिकाले ब्यावस्थापन गर्दै आएको मंगलबारे र शुब्रबारे हटिया अर्को सूचना नभइन्जेलका लागि बन्द गरिएको छ । नगरबासीहरुको मागलाई ध्यान दिँदै स्थानीय सरकारले मंगलबार र शुक्रबारे हटिया सामजिक दुरी कायम गरेर तरकारी आयात गरि बिक्री वितरण गर्दै आए पनि आज मंगलबार लाग्ने हटिया र शुक्रबारे हटिया बन्द गरिएको मेयर सञ्जय कुमार तुम्बाहाङफले बताए । उनका अनुसार कोभिड–१९ को सङ्क्रमण रोक्नका लागि नगरपालिकाले हटिया बन्द गरेको हो ।

 

 

प्रकाशित: ९ वैशाख २०७७ ०५:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App