१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

क्लिनिकमा वृद्धको मृत्यु भएपछि सञ्चालक पक्राउ

तेह्रथुम- मेन्छ्यायेम गाउँपालिका–६ मोराहाङका एक वृद्धको क्लिनिकमा उपचारको क्रममा मृत्यु भएपछि क्लिनिक सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोराहाङ बजारमा संचालित समृद्धी फर्मामा उपचारको क्रममा ६२ वर्षिय डम्वरबहादुर लिम्बुको शुक्रबार साँझ मृत्यु भएपछि सञ्चालक पुष्पराज ढुंगानालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सामान्य विराम भएपछि लिम्बु अपरान्ह ५ बजे क्लिनिक पुगेका थिए। उनी प्रेशरको विरामी भएको भन्दै क्लिनिक संचालक ढुंगानाले प्रेशरको औषधि र ईन्जेक्सन चढाएको १५ मिनेटमा वृद्धको मृत्यु भएको मृतकका छोरा दिनेश लिम्बुले बताए। उनका अनुसार चिकित्सकको लापरवाहीले गलत औषधि चलाइएपछि बुवाको मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रहरीमा जाहेरी दिएपछि क्लिनिक सञ्चालकलाई डिएसपी नबिन किसोर प्रधानले जानकारी दिए।

मृतकको शव पोष्टमार्टमको लागी विपि कोईराला बिज्ञान प्रतिष्ठान धरान पठाइएको र प्रहरी नियन्त्रणमा रहेका फर्म संचालकलाई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय तेह्रथुमले जनाएको छ।

 

प्रकाशित: ६ वैशाख २०७७ ०८:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App