४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

घर घरमा पुगेर टेष्ट गरिँदै

डोटी - जिल्ला स्वास्थ्य कार्यालय डोटीको स्वास्थ्यकर्मी टोलीले यहाँका स्थानीयका घरमै पुगेर कोरोना भाइरसको सङ्क्रमण जाँच गर्न शुरु गरेको छ। टोलीले यहाँका नौवटै स्थानीय तहमा रहेका स्थानीयका घरमै गएर रगतबाट जाँच गरिने र्‍यापिड टेस्ट सुरु गर्न थालेको हो।

अहिलेसम्म र्‍यापिड टेस्ट गरिएकाको २३८ जनाको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ का सम्पर्क व्यक्ति सूर्यहबादुर विष्टले बताए। उनले भने, हामीले घर घरमा गएर र्‍यापिड टेस्ट गर्न सुरु गरेका छौँ, टेष्ट गरिएका सबैको नतिजा नेगेटिभ आएको छ। क्वारेन्टाइनमा रहेकाको स्वाश सङ्कलनमा नसमेटिएका १९१ पुरुष र २२ जना महिला गरी २१३ जनामा रगतबाट गरिने र्‍यापिड टेस्ट (आरडिटी) जाँचमा सबैमा ‘नन रिएक्टिभ’ नतिजा आएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए।

उनका अनुसार जिल्लाको आदर्श गाउँपालिका, बडीकेदार गाउँपालिका, सायल गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकामा गरी ४ वटा गाउँपालिकामा आरडिटी गरिएको हो। आदर्श गाउँपालिकामा २३ पुरुष र २ महिला गरी २५ जना, बडीकेदार गाउँपालिकामा ६२ पुरुष र १ महिला गरी ६३ जना, सायल गाउँपालिकामा २० पुरुष र ५ महिलागरी २५ जना र बोगटान फुड्सिल गाउँपालिकामा ८६ पुरुष र १४ गरी १०० जनाको रगत जाँच गरिएको छ। शनिबारदेखि होम क्वारेन्टाइनमा बसेकाको समेत र्‍यापिड टेस्ट (आरडिटी) परीक्षण शुरु भएको प्रमुख मलासीले बताए। रासस

प्रकाशित: २ वैशाख २०७७ ०४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App