१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

छोरी बलात्कार आरोपीतले गरे प्रहरी हिरासत कक्षमै आत्महत्या

कपिलवस्तु- आफ्नै नाबालक छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहेका एक थुनवाले बुधबार राति आत्महत्या गरेका छन्। एक महिनादेखि ईलाका प्रहरी कार्यालयमा रहेको बाणगंगा नगरपालिका–८ का ३८ वर्षे उनले हिरासत कक्षमा झुन्डीएर आत्महत्या गरका हुन्।

बुधबार राति प्रहरी कार्यालयको अटैच वाथरुमसहितको शौचालयको भेन्टीलेटरमा तन्ना प्रयोग गरेर आत्महत्या गरेका हुन्। प्रहरी डिउटीमा खटीएका वखत अभियुक्तले आत्महत्या गरेको प्रहरी निरीक्षक आयुसप्रसाद जोसिले जानकारी दिए। प्रहरी हिरासतमा रहेका वन्दीहरु रातिको समयमा प्रहरी कार्यालयभित्रकै शौचालय प्रयोग गर्ने र डिउटी गर्ने प्रहरी प्राय बाहिरी भागमा रहने भएकोले उक्त घटना आज विहान मात्र सार्वजनिक भएको हो।

अर्का एक जना थुनुवा शौचालय जान खोज्दा नखुलेपछि थुनुवाले प्रहरीलाई जानकारी गराएपछि घटना बाहिर आएको हो। ईलाकामा घटना भएकोले सो घटनाको चेकजाँच र अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय तौलीहवाबाट प्रहरी नायव उपरिक्षक सुनिल मल्लको नेतृत्वमा टोली आईपुगेको छ। घटनास्थलमा कोहि पनि प्रवेश नगरि यथास्थितीमा राखिएको र सम्बन्धीत मृतकका घरपरिवार र सञ्चारकर्मीलाई बोलाईएको निरीक्षक जोसिले बताए।

अभियुक्तले केहि समय अघि बारम्बार आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा प्रकाउ परेर अनुसन्धान जारी राखेको थियो। घटनाको अनसन्धान र छानबिन हुने प्रहरी नायब उपरिक्षक मल्ले बताए। मृतककी पत्नीले नै श्रीमानविरुद्ध जाहेरी दिएकी थिईन्।

 

प्रकाशित: २० चैत्र २०७६ ०८:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App