१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘सजग भए पाठेघर क्यान्सरको डर छैन’

रामेछाप नगरपालिकाका ६ च्यास्कुमा सञ्चालिन शिविरमा एक महिलाको पाठेघरको संक्रमण परीक्षण गर्दै स्वास्थ्यकर्मीहरु।

रामेछाप - जिल्लाको रामेछाप नगरपालिकाकी वडा नं ६ डान्सिङटारकी ३५ वर्षिया निर्मला मगर ५ बर्ष पहिले गाउमा नै पुगेको स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउन पुगिन्। बज्र समाज नेपालले गाउँमा आयोजनाको गरेको निःशुल्क पाठेघरको मुखको क्यान्सरका शिविरमा परीक्षण गराउँदा उलने क्यान्सरको लक्षण देखा परेको जानकारी पाइन्।

पहिला सुन्ना साथ डरले आत्तिएको थिए, पछि शिविरमा पुगेका स्वास्थयकर्मीले डराउनु पर्दैन सामान्य तरिकाले नै उपचार गर्दा निकै हुने बताउदा बताएपछि डर हटेको निमर्लाले उनले बताइन्। उनले स्वास्थ्यकर्मीको परामर्शमा काठमाण्डौमा गएर उपचार गराइन् र अझै पनि निरन्तर परीक्षण गराएर ढुक्क बसेकी छिन्।

झण्डै ५ वर्षपछिको अवधिमा केही दिनअघि मात्र गाउँमा पुगेको पाठेघरको निशुल्क परीक्षण शिविरमा पुन परीक्षण गराउन पुगेकी निर्मला अब भने ढुक्क छिन्। भन्छिन् – ‘हेलचेक्र्याइ गरेको भए ठूलो रुप लिएर ज्यान नै बर्बाद हुने रहेछ, बेलैमा जानकारी पाउदा सामान्य खर्चमा नै उपचार भयो। उनले ४÷५ हजारमा उपचार हुदा खुसी लागेको बताइन् महिलाले सजग भएर निर्धक्कका साथ लाज नमानी पाठेघरको मुखको क्यान्सर परीक्षण गराउदा डर नहुने उनको सुझाव छ। उनी एक प्रतिनिधि पात्र मात्रै हुन।

तर ग्रामिण भेगका महिलाहरुमा यस्तै समस्या बाक्लै भेटिने गरेको स्वास्थ्यकर्मीहरु बताउछन्। पहिले पहिले  शिविर लिएर  गाउँमा पुग्दा केही  डर लाग्दो अवस्था नै थियो तर पछिल्ला दिनमा महिलाहरुमा स्वास्थ्यप्रति चासो र जनचेतना बढेपछि केही कम भएको बज्र समाज नेपालका अध्यक्ष पुर्ण मगरले बताए। उनले अझै सबै महिलालाई पाठेघरको मुखको क्यान्सरको बारेमा जानकारी नभइ सकेको र ढुक्क हुने अवस्था भइ नसकेको बताए। पहिला जवरजस्ती गर्नु पर्ने थियो अहिले केही खुल्न लागेको मगरले बताए।

उनले अझै ग्रामिण भेगमा चेतना बढाउन जरुरी रहेको बताए। पहिलेको अवस्थाको तुलनामा पछिल्ला दिनहरुमा पाठेघरको मुखको क्यान्सर भेटिने महिलाको संख्या केही कमी आएको सिरमेमोरियल अस्पताल बनेपाकी क्यान्सर परीक्षण गर्ने स्वास्थ्यकर्मी कृष्ण कुमारी शिखुले बताइन्। उनले रामेछपमा पनि अघल्लो बर्षहरुमा आउदाको भन्दा पछिल्ला दिनमा क्यान्सर हुने महिलाको संख्या कम पाइएको जानकारी दिइन्। ग्रामिण भेगका महिलाहरुले विशेष सरसफाइमा ध्यान नदिदा पिसाब र यौन अंगको संक्रमण बढी भेटिएको जनरल फिजिसियन प्रशंसा वलकले बताइन्। उनले अझै महिलाहरुलाई सरसफाइकै बारेमा सचेत गराउन जरुरी देखिएको बताइन्। शिविरमा आउने महिलाहरुमा सरसफाइमा ध्यान नदिएकै कारण रोगको संक्रमण बढेको उनले बताइन्।

रामेछाप नगरपालिका र बज्र समाजले संयुक्त रुपमा आयोजना केही दिनअघि रामेछाप नगरपालिकाको वडा नं ४, ५, ६ र ७, ८ र ९ का लागि जिल्ला अस्पतालमा  संचालन गरेको ४ दिने घुम्ती शिविरमा आएर परीक्षण गराउने क्रममा ७ जनामा क्यान्सरको लक्षण देखा परेको थियो। उनीहरुलाई त्यही शिविरमा निशुल्क उपचार गराएको बज्र समाज नेपालले जनाएको छ। ४ दिने शिविरमा २५ जनाले अल्ट्रासाउण्ड सेवा लिएका थिए भने २ सय ४३ जनाले स्वास्थ्य जाँच गरेका थिए। शिविरमा ७ जना महिलाको भने पाठेघर खसेको र अप्रेशन गर्नु पर्ने अवस्थामा भेटिएको आयोजकले जनाएको छ। उनीहरुको रामेछाप नगरपालिकाले निशुल्क अप्रेशनको प्रवन्ध मिलाउने रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर मगरले बताए। अबको केहि दिनमा नगरको वडा नं १, २, ३ र ४ को एक भेगमा छिट्टै शिविर संचालनको तयारी भइरहेको आयोजकले जनाएको छ।

पछिल्लो समय नगरपालिकाले नगर भित्रका नागरिकलाई स्वास्थ्यको पहँुचमा ल्याउन र स्वास्थ्य सेवा दिन नगरपालिकाले मिसनमा स्वास्थ्य सेवा दिने गरी पछिल्ला दिनमा अभियान संचालन गर्न लागेको हो।  नगरपालिकाले प्रत्येक वडामा विज्ञ उपचार सेवासहितको घुम्ती शिविर संचालन समेत गर्दै आएको छ। नगरपालिकाले नगरका नागरिकको उपचारका लागि नयाँ नयाँ कार्यक्रमहरु ल्याउने तयारीमा रहेको नगर प्रमुख  नर बहादुर मगरले बताए। शिविर लिएर जाँदा समस्याको पहिचान हुने र विज्ञको सेवा आवश्यकता महशुस भएपछि नगरले घुम्ती शिविरमा विज्ञ सेवा दिने तयारी गरेको बताए।

न्युन आएका भएका र अस्पतालको पहुँचमा जना नसक्नेका लागि गाउमा ने पुग्ने विज्ञ सेवा निकै लाभदायक देखिएपछि थप उत्प्रेरणा मिलेको नयाँ तरिकाले शिविर संचालन गर्न र स्वास्थ्यका दृष्टिले वडालाई मजबुत बनाउन उत्प्रेरणा मिलेको नगर प्रमुख मगरले बताए। रामेछाप नगरपालिकाले केही दिन अघि जिल्ला सामुदायिक आँखा केन्द्रले मन्थलीमा आयोजना गरेको निशुल्क मोतिविन्दुको अप्रेशन शिविरमा समेत नगर भित्र छनोट भएका अप्रेशन गर्ने विरामीहरुलाई समेत निशुल्क ल्याउने र लाने प्रबन्ध समेत नगरले मिलाएको थियो। अझ नागरिकको दैलो दैलोमा नै विज्ञ सेवा कसरी पु-याउन र नागरिकलाई स्वस्थ राख्न सकिन्छ भन्नेमा नगरपालिका गम्भिर भएर लागि परेको नगर प्रमुख नर बहादुर मगरले बताए।

प्रकाशित: २७ माघ २०७६ ११:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App