६ वैशाख २०८१ बिहीबार
समाज

ललिता निवास प्रकरण : सीआईबीले बुझायो गृहलाई प्रतिवेदन

काठमाडौं- केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवी ले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितताबारेको प्रतिवेदन बुझाएको छ। सीआईवीले आफ्नो प्रतिवेदन गृहमन्त्रालयमा बुझाएको हो। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सहित पुगेको सीआईबीको टोलीले प्रतिवेदन बुझाएको थियो।

ललिता निवासको ११२ रोपनी जग्गा गैरकानुनीरुपमा व्यक्तिको नाममा दर्ता भएको पाइएको छ।

२०४७ सालको अन्तरिम सरकारको पालाबाट सुरु भएको जग्गा हिनामिना प्रकरणमा प्रधानमन्त्रीदेखि मन्त्री हुँदै कर्मचारी र न्यायालयसम्मको सेटिङ मुख्य कारण रहेको तथ्य, प्रमाण र उपलब्ध कागजातहरूबाट पनि खुलिसकेको छ।

सेटिङमा हडपिएको सो जग्गा पछिल्लो पटक सरकार पुनः फिर्ता ल्याउन प्रयासरत छ। हडपिएको जग्गा सरकारकै नाममा फिर्ता ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ। पूर्वसचिव शारदाप्रसाद त्रितालको अध्यक्षतामा गठित छानबिन समितिको सुझावका आधारमा २०७५ फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले ललितानिवास जग्गा हिनामिना प्रकरणको छानबिन गर्न र संलग्नमाथि कारबाही गर्न अख्तियार र ब्युरोलाई जिम्मा दिएको थियो।

 

 

प्रकाशित: १७ माघ २०७६ १२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App