१६ चैत्र २०८० शुक्रबार
समाज

सुत्केरीको मृत्यु भएपछी शिशुको बिचल्ली

श्रीमतीकाे क्रिया बसी शिशु समाति रुदैँ गरेका रामवहादुर विक । तस्बिर: सुमन मल्ल

मुगु- गत बुधबार जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्वर १० जिउला गाउँकी धनरुपा विश्वकर्माको सुत्केरी हुँदा अत्यधिक रक्तश्राप भएर मृत्यु भयो। उनलाई जिल्ला अस्पताल ठिनी ल्याउदै गर्दा बाटोमै मृत्यु भएको थियो। मृत्यु पश्चात अहिले उनको नवजात शिशुको बिचल्ली भएको छ।

मृत्यु भएकी सुत्केरी धनरुपा विक जिल्ला सदरमुकाम गमगढीदेखि दुई घण्टा टाढा जिउला गाउँकी थिइन्। उनी गाउँमा वर्थिङ्ग सेन्टर नहुँदा घरमै सुत्केरी भएकी थिइन्।

शिशु जन्मेको चार घण्टासम्म रक्तश्राप हुँदा विकको मृत्यु भयो। स्वस्थ जन्मेका नवजात शिशुको स्तनपान तथा संरक्षण गर्न अहिले कठिनाई भइरहेको शिशुका बुवा रामवहादुर विकले बताए। शिुशुलाई स्तनपान र पालनपोषणका निम्ती कसैले सहयोग गरी दिए धर्म लाग्ने, उनले भने।

जिल्ला सदरमुकामबाट दुई घण्टाको पैदल बाटो भएकाले समयमा सुत्केरीलाई अस्पाताल पुर्‍याउन नसकेकाले श्रीमतीको ज्यान बचाउँन नसकेको उनले सुनाए। घरमा जन्मान्त्तर नगरी जन्माएका शिशु भन्दा अगाडीका चार बच्चाको हेरचाह र पालनपोषण गर्ने समस्या भएको विकले दुखेसो पोखे।

जिल्लामा राष्ट्रपती महिला तथा जेष्ठ नागरिक उत्थान कार्यक्रमले सुत्केरी र गर्भवती महिलालाई उद्धार गर्दै आएको छ। हालै भएको हिमपालका कारण जिल्लामा सञ्चार सेवा अवरुद्ध भएका थिए। समयमै सम्पर्क हुन नसक्दा सुत्केरी श्रीमतीको  उद्धार हुन नसकी ज्यान गएको विकले बताए।

उक्त कार्यक्रमले जिल्लामा हाल नौं जना सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरीसकेको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ।

 

 

प्रकाशित: २९ पुस २०७६ १२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App