१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

ओलीलाई योगेशको प्रश्न : पटकपटक एकै गल्ती, जवाफदेहिता खोई ?

नेकपा एमाले र कांग्रेसबिचको गठबन्धन तोडिएर नयाँ राजनीतिक समीकरण बनेपछि एमाले उपमहासचिव योगेश भट्टराईले आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत पार्टीभित्रै पारदर्शिता र सहभागिता नभएको भन्दै कडा असन्तुष्टि व्यक्त गरेका हुन्।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आ-आफ्ना पार्टीमा रडाको, उही छापामार शैली, छैन सहभागिता, छैन पारदर्शिता, नियत र प्रक्रियामा प्रश्नै प्रश्न, पटकपटक उही गल्ती, जवाफदेहिता खै ?’ एमाले र नेपाली कांग्रेसबिचको गठबन्धन तोडिएर नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएपछि उनको यो भनाइ बाहिर आएको हो। 

यो पनि पढ्नुहोस्

केन्द्रको एमाले-नेकपा सहमति गण्डकीमा प्रभावहीन: सरकार फेर्न सकस!

नयाँ सहमति अनुसार एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गर्नेछ। त्यस्तै, मधेस र गण्डकी प्रदेशमा अन्य दलसँग सहकार्य गर्ने सहमतिमा उल्लेख गरिएको छ। 

प्रकाशित: १० श्रावण २०८३ २०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App