६ वैशाख २०८१ बिहीबार
समाज

जग्गाधनीलाई अस्थायी लालपुर्जा बाँडियो

नेपालगन्ज उपमहानगरपालिका कार्यालयमा अस्थायी लालपुर्जा वितरण गरिँदै । तस्बिर/नागरिक

नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ र १८ मा रहेको वाटरपार्क जग्गा एकीकरण परियोजनाभित्र रहेका जग्गाधनीले आइतबार अस्थायी लालपुर्जा पाएका छन्। परियोजना लागु भएपछि त्यहाँका जग्गा बिक्री, वितरणमा रोक लगाइएको थियो।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख एवं नगर विकास समितिका अध्यक्ष डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापामगर र प्रमुख प्रशसकीय अधिकृत हरी प्याकुरेलले अस्थायी पुर्जा वितरणको शुभारम्भ गरेका हुन्।

पहिलो चरणमा आइतबार १ सय ८७ जनालाई अस्थायी पुर्जा वितरण गरिएको नगर विकास समितिले जनाएको छ। कुल ७ सय ४५ जना जग्गाधनीमध्ये सबैलाई तत्काल अस्थायी पुर्जा दिएर स्थायी पुर्जाका लागि प्रक्रिया सुरु गरिने बताइएको छ।

लालपुर्जा वितरण गर्दै नगर प्रमुख डा. राणाले वाटरपार्क परियोजनाको कामले गति लिएको दाबी गरे। आगामी दिनमा पनि जग्गाधनीबाट थप सहयोगको आवश्यकता रहेको उनको जोड थियो। नगर उपप्रमुख थापाले परियोजनालाई अन्तिम रुप दिने चरणमा पुगिएको बताइन्।

यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताइन्। उक्त परियोजना अन्तर्गत ६५ विघा क्षेत्रफल रहेको छ। जग्गाको न्यूनतम मूल्यांकन समेत भइसकेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले जानकारी दिए।

 

प्रकाशित: २७ पुस २०७६ १३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App