१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

२४ घण्टामा २० विपद्जन्य घटना : एक जनाको मृत्यु, ७ जना घाइते

गत २४ घण्टामा विपद्जन्य घटनामा परेर एक जनाको मृत्यु भएको छ। अरु ७ जना घाइते भएका छन्। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत २४ घण्टामा २० वटा विपद्जन्य घटना भएकोमा एक जनाको मृत्यु भएको छ। 

मकवानपुरको बागमती गाउँपालिका-१ भैसेमा माछा मारेर फर्कदै गरेको बेला चट्याङ लागेर घाइते भएका दुई पुरुषमध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको प्राधिकरणले जनाएको छ। 

यस्तै चट्याङ लागेर दैलेखमा ३ जना घाइते भएका छन्। सुनसरी र कैलालीमा भने दुई जनालाई सर्पले टोकेको छ। मोरङमा आगलागीमा परेर एक जना घाइते भएका प्राधिकरणको तथ्याङ्कले देखाएको छ।  

प्रकाशित: १९ चैत्र २०८२ १४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App