खोटाङ– खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा बोम्लुङटोलकी मनकुमारी राईको मतानमा शंकास्पद आगलागी भएको छ।
राईको घर नजिकैको मतानमा शुक्रबार राति शंकास्पद आगलागी भएको वडाध्यक्ष दिपेन राईले बताए। उनको मतानमा अचानक आगलागी सुरु भएको थियो।
मतानमा आगो लगाइदिएको आशंकामा गाउँकै एक महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। रिसइविमा आगो लगाइदिएको आशंकामा उनलाई पक्राउ गरिएको हो। यद्यपी, मतानमा आगलागी हुनुको कारण खुलेको छैन।
प्रकाशित: १२ पुस २०७६ ११:५९ शनिबार