५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

ईनारबाट महिलाको जिवितै उद्दार

भक्तपुर- भक्तपुरको एउटा इनारबाट बिहीबार प्रहरीले जिउँंदै एउटा महिलाको उद्दार गरेको छ। भक्तपुर नगरपालिका ९ नवदुर्गास्थाननजिकै दत्तात्रय पछाडि रहेको ३० फिट गहिरो ईनारमा सोही स्थान बस्ने वर्ष ५४ की रत्नमाया मानन्धर अचानक खस्न गएकोमा उनको उद्दार गरिएको हो।

सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट एसपी सबिन प्रधानसहितको प्रहरी टोली, विपद व्यवस्थापन भक्तपुर, भक्तपुर नगरपालीकाको दमकल र शसस्त्र प्रहरी बल नेपालसमेतको टोलीले करिब साढे ६ बजेको समयमा उद्दार गर्न सफल भएको हो। उद्दारपछि मानन्धरलाई बी. एण्ड बी. अस्पताल काठमाडौमा उपचारको लागि लगेकोमा थप उपचारका लागी पाटन अस्पताल रिफर गरिएको थियो।

हाल उनी सोही अस्पतालामा उपचारार्थ रहेको र अवस्था सामान्य रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रकाशित: १० पुस २०७६ १४:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App