coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सेवाग्राही सम्मानित

तेह्रथुम– जिल्ला प्रहरी कार्यालय तेह्रथुमले मंगलबारबाट आफ्नो नवनिर्मित भवनबाट सेवा सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालयले नयाँ भवनबाट सेवा सुरु गरेको अवसरमा पहिलो सेवाग्राहीलाई फुलमालाले स्वागत गर्दै सम्मान समेत गरेको छ।

जिल्ला प्रहरी कार्यालयमा सेवा लिन आउने तेह्रथुम फेदाप ३ बस्ने वर्ष ३८ का शंकर देव खनाललाई प्रहरीले सम्मान गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नविन किशोर प्रधानका अनुसार नागरिक र प्रहरीबीच समधुर सम्बन्ध राख्न यस्तो प्रयास गरिएको हो। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले  सोमबार भवनको उद्धघाटन गरेका थिए।  

जिल्ला प्रहरी कार्यालयको ५ करोड ३५ लाख लागतमा ३ तले २७ वटा कोठा भएको कार्यालय भवन, २ तले १० कोठा भएको ब्यारेक भवन, १ तले ४ कोठे मेष भवन र १ तले ४ कोठा रहेको कार्यालय प्रमुख निवासको उद्धघाटन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रधानले जानकारी दिए। 

प्रकाशित: २ पुस २०७६ १२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App