१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

छुरा प्रहार गर्ने तीन आरोपी भक्तपुरबाट पक्राउ

भक्तपुर– छुरा प्रहार गरी फरार रहेका तीन जना आरोपीलाई सोमबार भक्तपुर प्रहरीले पक्राउ गरेको छ।

उनीहरुले मंसिर २५ गते राति नौ बजे भक्तपुर नगरपालिका वडा नं १० कमलबिनायकमा ४८ वर्षीय गंगाप्रसाद प्रजापतीलाई छुरा प्रहार गरि घाइते बनाएका थिए। च्याम्हासिंह निवासी प्रजापती जन्ती गएर घर फर्कने क्रममा थिए।

पक्राउ पर्नेमा भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ३ बंशगोपाल बस्ने रामशेखर शिलाकार र  सोही स्थानका समिर माक तथा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका वडा नं। ६ घर भई हाल भक्तपुरको मध्यपुर थिमि बोडे बस्ने प्रबिण बस्नेत रहेका छन्। आरोपी तीनै जना १९ वर्षका छन्।

सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगाती घटनास्थल पुगेर खोजतलासमा जुटेको थियो। 
भक्तपुर नगरपालिका ९ च्याम्हासिंहबाटै उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका तीनै जनालाई भक्तपुर जिल्ला अदालत पेश गरेको प्रहरीले जनाएको छ। परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलका अनुसार उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ। 

प्रकाशित: ३० मंसिर २०७६ ०८:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App