१६ चैत्र २०८० शुक्रबार
समाज

डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बित

काठमाडौं – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परेका छन् । राष्ट्र बैंकको सोमवार बसेको सञ्चालक समितिको बैठकले उनको छानबिनको लागि समिति गठन गरेको छ। छानबिन समिति गरेपश्चात उनी निलम्बनमा परेका हुन् ।

डेपुटी गभर्नर श्रेष्ठमाथि सर्वोच्च अदालतले फैसना नगर्दै विदेशबाट ल्याएको पैसा निकाल्न सहयोग गरेको, खराब कर्जा लुकाउन सहयोग गरेको तथा एनसेलको कर छलीमा सहयोग गरेको आरोप लागेको छ ।

सोमवारको बैठकले ३ सदस्यीय छानबिन समिति समेत गठन गरेको छ । छानबिनका लागि १ महिनाको समय दिइएको राष्ट्र बैंक स्रोतले जनाएको छ। यस्तै, उनीमाथि सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी सूचना संकलन गर्न प्रयोग गरिने सफ्टवेयर चल्न नदिन भूमिका खेलेको आरोप पनि लागेको
स्रोतको भनाइ छ।  गत साता बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्र बैंकको सञ्चालक समितिलाई छानविन गर्न निर्देशन दिएको थियो ।

प्रकाशित: १८ कार्तिक २०७६ ०६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App