७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

जुवाडेको बन्दी प्रत्यक्षीकरण रिटमा किन सुनुवाई भएन ?

काठमाडौं - प्रहरीले काठमाडौंको महाराजगन्जस्थित साम्बाला होटेल पछाडिको जुवाखालबाट गुन्डा नाइके बलराम सापकोटा भन्ने बलेसहित ६ जनाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको भाइटीकाको भोलिपल्टमात्र सुनुवाई हुने भएको छ ।महाराजगञ्जमा शनिबार राति चलाइएको जुवा अपरेशनमा पक्राउ परेका २५ जनामध्ये ६ जना प्रहरीविरुद्ध अदालत पुगेका थिए।

सोमबार दिउँसो ३ बजेसम्म प्रहरीले उनीहरुलाई सर्वोच्च अदालतमा उपस्थित नगराएपछि अदालत बन्द भई सुनुवाई बुधबारका लागि सरेको हो ।सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले भने, 'सोमबार अदालत बन्द हुने समय ३ बजेसम्म हो, तर प्रहरीले बन्दीलाई उपस्थित गराउन नसकेका कारण सुनुवाई मिति सरेको हो।' उनका अनुसार अब पर्सी सुनुवाई हुनेछ ।

पक्राउ परेका जुवाडेमध्ये गुण्डा नाइके बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने बिक्रम गौतम र मुक्ति लामाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकररण रिट दायर गरेका थिए ।

उक्त रिटमाथि आइतबार सुनुवाई गर्दै सर्वोच्चले २४ घण्टाभित्र बन्दीलाई उपस्थित गराउन प्रहरीलाई आदेश दिएको थियो । तर सोमबार प्रहरीले अदालत खुल्ने समय नाघिसके पछि मात्र बन्दीलाई अदालत पुर्‍याएको थियाे जस कारण सुनुवाई भएन। प्रहरीले उनीहरुको साथबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो ।

प्रकाशित: ११ कार्तिक २०७६ ११:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App