७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

गुण्डा नाइके बलेसहित यी हुन् जुवाखालबाट पक्राउ परेका २५ जना

काठमाडौं – प्रहरीले काठमाडौंको महाराजगन्जस्थित साम्बाला होटेल पछाडिको जुवाखालबाट व्यापारी श्रवण गोयल र गुन्डा नाइके बलराम सापकोटा भन्ने बलेसहित २५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने जुवाडेहरुमा सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल रहेका छन्।

त्यसैगरी पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा पक्राउ परेका छन्।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले शनिवार काठमाडौँ महानगरपालिका वडा नं ३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेको बताए।उनले भने,’दुई करोड ६७ लाख नगद र ३ लाखको चेकसमेत जुवाखालबाट बरामद भएको छ।’

क्यासिनो किङ तथा बले भनिने बलराम सापकोटा पनि जुवा खेलाउने खालबाट पक्राउ परेका छन् । तिहारको बेला क्यासिनो जान नपाउने नेपाली जुवाडेहरूका लागि सापकोटा सहितको संलग्नतामा नै जुवा खेलाएको हुन सक्ने प्रहरीका अनुमान छ।

प्रकाशित: १० कार्तिक २०७६ ०४:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App