२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

रोल्पामा सार्वजनिक यातायातमा नयाँ भाडादर

जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्ती।

रोल्पा - व्यापक जनगुनासो बाहिर आएपछि जिल्ला प्रशासन कार्यालय रोल्पाले सार्र्वजनिक यातायातको भाडादर कायम गरेको छ। जिल्लाभित्र र बाहिर चल्ने सवारी साधनले मनपरी हिसाबले भाडा उठाउन थालेपछि स्थानीय प्रशासनले नयाँ भाडादर कायम गरेकोे हो। जिल्ला प्रशासन कार्यालय रोल्पाले मंगलवार एक बिज्ञप्ती निकाल्दै नयाँ भाडादरको सूची नै सार्र्वजनिक गरेको थियो।

जिल्ला भित्र पक्की सडकमा प्रतिकिलोमिटर २ रुपैया पचास पैसा, सहिदमार्ग तथा लिबाङ जुगार कच्ची सडक खण्डमा बसका लागि प्रतिकिलोमिटर ७ रुपैया, जिप ट्याक्सी प्रतिकिलोमिटर ७ रुपैया ५० पैसा कायम गरिएको छ। त्यसै गरि अन्य कच्ची सडकमा चल्ने सवारी साधनले बस प्रतिकिलोमिटर ८ रुपैया तथा जिप ट्याक्सीले प्रतिकिलोमिटर ८ रुपैया ५० पैसा लिन पाउने छन्।

‘जिल्लास्थित यातायात ब्यबसायी, सुरक्षा निकायका प्रमुखहरु, उद्योग बाणिज्य संघको लगायतको उपस्थितिमा सर्बसम्मत र सबैले स्वीकार गर्ने गरि निर्णय गरेका छौ।’ रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भने ‘सबैको सहमतिमा गरिएको यो निर्णयले आम जनमासमा राहत मिल्ने छ। अब सबै यातायात समितिहरुले सबैले देख्ने गरि भाडादर समेत राखेर हिड्ने छन।’

उता यातायात ब्यबसायीहरु पनि नयाँ भाडादर लागुगर्ने निर्णयले स्थानीयहरुलाई सहज हुने बताउँछन्। ‘पक्की सडकमा प्रतिकिलोमिटर २ रुपैया पचास पैसा भाडादरको चाहि लिखित निर्णय भएको छैन बाँकी सबै कुरामा लिखित सहमति नै गरेका छौ।’ जलजला यातायात समितिका कार्यालय प्रमुख धर्मेन्द्र कवरले भने ‘नयाँ भाडादर लागु सुरु भइसकेको छ।’ जिल्ला प्रशासन कार्यालयले नयाँ भाडादर लागु गराए पछि स्थानीयहरु खुसी भएका छन्।

 
 

प्रकाशित: ७ कार्तिक २०७६ ०४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App