२० असार २०७७ शनिबार
समाज

अल्पसंख्यक सुनाहा समुदायकी चेलीको बैंकर बन्ने सपना

अमिसा सुनाहा आफ्नो पीडा सुनाउँदै।

महेन्द्रनगर – भिमदत्त नगरपालिकाका १२ र १३ वडामा ७५ वटा परिवारको एउटा समुदाय छ सुनाहा। वर्षौ पहिलेदेखि महाकाली नदीको किनारमा सुन खोज्ने र माछा मारेर जिविकोपार्जन गर्ने उक्त समुदायले अनेकौ संकटको सामना गर्दै आएको छ। अहिले भने उनीहरुको पुर्खौली पेशा संकटमा परिसकेको छ। पेशा, शिक्षा, स्वस्थ्य, आवास जस्ता संकटले निरास बनेको उक्त समुदाय हो, सुनाहा जाति।

सुनाहा जाति नेपालकै अल्पसंख्यक समुदाय हो। जीवन धान्नै धौधौ भएपछि माछा मार्नेहरु गिट्टि कुट्न थाले, सून खोज्नेहरु बालुवा चाल्न थाले कोही विदेश पलाएन भए। तर व्यक्तिगत र सामूदायिक विकासका लागि गतिलो पहल भएन। यहि जातिकी अमिसा सुनाहाको कथा भने अल्लि भिन्न छ।

त्यही समाज, परिवेश र अवस्थालाई चिर्दै अमिसा ‘ढुङ्गाको काप फुटाई पिपल उम्रिन्छ’ भन्ने उक्तिलाई चरिचार्थ गरिरहेकी छिन्। विपन्न समूदाय, त्यो पनि महिला, उनलाई अध्ययन गर्न अत्यन्तै गाह्रो थियो। तर उनी सुनाहा समूदाय कि एक मात्र उच्च शिक्षा अध्ययन गर्ने चेली हुन्।

अमिसा अहिले सुदुरपश्चिम विश्वविद्यालयमा बिबिए चौथो सेमेष्टरमा अध्ययनरत छिन्। ‘मैले जेनतेन यहाँसम्म पढाई पुर्याएकी छु’ अमिसा भन्छिन् ‘अब बाँकी शिक्षालाई कसरी निरन्तता दिने भन्ने चिन्ताले सताउँछ।’ उनलाई पढाई महंगो भएकोप्रति अत्यन्तै चिन्ता छ। ‘पढाई धेरै महङ्गो छ, घरको आर्थिक अवस्था कमजोर छ’ उनी गुनासो गछिन्।

संकटमा रहेको यो जातिलाई सरकारले पहिचान गर्न पनि सकेको छैन। सुनाहा जातिलाइको अवस्था र इतिहासको आधारमा आदिवासी समुदायमा सूचिकृत गर्नुपर्ने हो। तर, अहिलेसम्म पनि उनीहरु सूचिकृत हुन सकेका छैनन्। जसकाकारण शिक्षा, स्वास्थ्य, सरकारी जागिर जस्ता क्षेत्रमा पाउने सुविधा समेत गुमाउँदै आएका छन्। अमिसाजस्ता छात्राछात्रको उज्जवल भविष्यका लागि राज्यको ध्यान जानू जरुरी छ।

यता अमिसाका परिवारका आफ्नै पीडा छन्। आर्थिक समस्यासंग संघर्षरत उनको समुदायसंग बर्षौदेखि भोग चलन गरेको जमिनको जग्गाधनी प्रमाण पत्र समेत छैन। भीमदत्त नगरपालिका १२ ऐरीमा अमिसो घर छ। उनको परिवार पनि अहिलेसम्म जग्गाधनी पूर्जाविहीन छ। भीमदत्त नगरपालिकाले भने सोनाहा समुदायलाई जग्गाधनी पूर्जा दिन संघीय कानुन पर्खिएको बताएको छ। तर, शिक्षा क्षेत्रमा पहुँच नभएको यो समुदायले संघीय कानूनलाई कसरी बुझ्थ्यो र ! सोहानाको चाहना पनि आफुले बसेको घरको लालपूर्जा प्राप्त भइदिए हुन्थ्यो भन्ने छ।

उनका बुबा गोपाल सोहानालाई छोरीको पढाई र अन्य पाँच सन्तानको भविष्यले पिरोल्छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारका माउते उनी हाल पदबाट सेवा निवृत भैसकेका छन्। जेनतेन अहिलेको अवस्थासम्म छोेरीलाई पढाएका उनलाई बाँकी पढाइका लागि खर्च कसरी जुटाउने भन्ने चिन्ता छ।

आसिमाले स्थानीय पुर्णा माध्यमिक विद्यालयबाट उच्च शिक्षा हाँसिल गरेकी हुन्। उनको वडाले पढाईलाई सहयोग गर्दै आएको पनि छ। तर त्यो पर्याप्त भने देखिदैन। वडा अध्यक्ष कृष्ण देउवाले अमिसाको पढाईलाई सहयोग गर्न प्रयासरत रहेको बताउँछन्।

अनेकौ दुखका समना गर्दै आएकी उनी अझै पनि निराश छैनन्। उनी आफ्नो भविष्य बैंकिङ क्षेत्रमा खोज्ने बताउँछिन्। ‘मैले भविष्यमा बैंकमा काम गर्ने लक्ष्य राखेको छु, त्यसैका लागि म प्रयास गरिरहेको छु’ उनले भन्छिन्।

प्रकाशित: ३१ भाद्र २०७६ १७:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App