coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रामारोशन गाउँपालिकाका प्रमुख साउँदमाथि गोली प्रहार

काठमाडौं - अछामको रामारोशन गाउँपालिका प्रमुख झंकरबहादुर साउदमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। आइतबार साँझ घरमै बसेको बेला अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए।

डिएसपी शाहीका अनुसार कुनै मानविय क्षति भने भएको छैन। 'उहाँ (गाउँपालिका प्रमुख)सुरक्षित हुनुहुन्छ। प्रमुखलाई लक्षित गरी गोली प्रहार भएको हो।' नागरिकसँग उनले भने, 'तर कसैलाई पनि गोली लागेको छैन। हामी घटनास्थलमै छौं।' 

घटनास्थलबाट चाइनिज गोलीको खोका बरामद गरिएको उनले बताए। गोली कसले किन चलायो भन्नेबारे केही नखुलेकाे उनकाे भनाइ छ। 

प्रकाशित: २९ भाद्र २०७६ १६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App