८ वैशाख २०८१ शनिबार
समाज

गोलढुंगामा गोली चल्यो, साजन गुरुङ घाइते

काठमाडौं - काठमाडौंको गोलढुंगामा प्रहरीले गोली चलाएर धादिङका ३३ वर्षीय साजन गुरुङलाई नियन्त्रणमा लिएको छ। गुण्डागर्दीमा संलग्न भएको आरोपमा प्रहरीको खोजी सूचीमा रहेका गुरुङले प्रहरीमाथि आक्रमण गर्न खाजेपछि गोली चलाइएको महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा प्रवक्ता एसपी केदार ढकालले जानकारी दिए।

विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीमाथि आक्रमणको प्रयास गरेपछि गोलढुगा सैनिक चेकपोष्ट नजिके गोली चलाएर उनलाई नियन्त्रणमा लिएको ढकालले बताए। प्रवक्ता ढकालले नागरिकसँग भने,‘गुरुङले प्रहरी उच्च अधिकारीलाइनै ज्यान मार्ने धम्की दिँदै आएका थिए । धादिङमा पनि उनीविरुद्दा ज्यान मार्ने कसुरमा मुद्दा रहेको बुझिएको छ।'

उनका अनुसार गुरुङको साथबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली पनि बरामद भएको छ। गुरुङको शरीरमा दुई राउन्ड गोली लागेकाे र उनको वीर अस्पतालको ट्रमा सेन्टरमा भइरहेको ढकालले बताए।

साजन गुन्डा नाइके समीरमान बस्नेत समूहमा रहेर आपराधिक गतिविधि गर्दै आएका थिए।  समिर अहिले केन्द्रीय कारागार सुन्धारामा छन्। कारागारमा रहे पनि भित्रबाट नै उनले अपराध गतिविधि गर्ने गरेको खुलेको छ। समिरको अपराधिक गतिविधिसंग जोडिएपछि मंगलवार मात्र गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापालाई केन्द्रीय अनुसन्धा व्यूरोको टोलीले नियन्त्रणमा लिएको थियो।

 

प्रकाशित: २७ भाद्र २०७६ १२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App