७ वैशाख २०८१ शुक्रबार
समाज

चिनियाँ दूतावास अगाडि महिला अधिकारकर्मीकाे प्रदर्शन, १० जना पक्राउ

काठमाडाैँ- काठमाडौंस्थित चिनियाँ दूतावास नजिकै विरोध प्रदर्शन गर्ने महिलाहरु पक्राउ परेका छन्। दूतावास गेट अगाडि पुगेर चीन सरकार ध्यानाकर्षण गराउनको लागि नाराबाजी गरेपछि प्रहरीले  १० महिलालाई पक्राउ गरेको हाे। चीनतर्फ नेपाली महिला ललाइफकाइ तथा लोभ लालच देखाइ विवाहको नाममा बेचविखन भइरहेको भन्दै महिलाअधिकारकर्मीहरुले चीन सरकारको ध्यानाकर्षण गराउन दूतावास अगाडि पुगेका हुन्।

तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीसमेतको ध्यानाकर्षण गराउनको लागि प्रदर्शन गरिएको महिला अधिकारकर्मीहरुको भनाइ छ। सडकमा बसेर नारा लगाएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए। उनका अनुसार पक्राउ परेका महिलाहरुलाई महेन्द्रपुलिस क्लवमा राखिएको छ।

भदौँ १३ गते नेपाली चेलीलाई बेचविखन उद्देश्यमा संलग्न ६ नेपालीसहित ४ चिनिया गरि जम्मा १० जनालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु २, हाल टोखा बस्ने रिना तामाङ भन्ने बिबिरानी तामाङ,  नुवाकोट ककनी गाउँपालिका ४ हाल टोखा बस्ने रोज तामाङ, लमजुङ, बेशिशहर ३, हाल टोखा बस्ने पार्वती गुरुङ्, लमजुङ बेशीशहरकी अमृता गुरुङ, लमजुङ बेशीसहर गुम्बाचोकका ९भरत तामाङ, लमजुङ, साविक गाँउशहर ४, हाल काठमाण्डौ सानेपा बस्ने उषा कुमार घिमिरे रहेका थिए।

प्रकाशित: २३ भाद्र २०७६ ११:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App