coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एटीएमबाट पैसा चाेर्ने चिनियाँ नागरिक सार्वजनिक

काठमाडाैँ - अनाधिकृतरुपमा एटीएमबाट पैसा चोर्ने चिनियाँ नागरिकहरुलाई प्रहरीले सार्वजनिक गरेकाे छन्। चोरी गर्ने ५ जना चिनियाँलाई आइतबार प्रहरीले सार्वजनिक गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्दै गरेको अवस्थामा एक जना र चार जना होटलबाट पक्राउ परेका थिए।

पक्राउ पर्नेमा चिनियाँ नागरिक ४० वर्षका लु जियालिङ, ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, २९ वर्षका लिन जिनमिङ रहेका छन् ।

उनीहरुको साथबाट नेपाली रुपैयाँ १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, चाइनिज युआन ११ सय ९१, हङकङ डलर ८० र केही अमेरिकी डलर लगायत अन्य देशका मुद्रा पनि भेटिएको प्रहरीले पत्रकार सम्मलेनमा जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार चिनियाँ नागरिक पैसा चोर्नको लागि दरबारमार्ग, स्रोहखुट्टे, ठमेल लगायतका भीडभाड हुने क्षेत्रका एटीएमलाई टार्गेट बनाएर  नेपाल आएकाे अनुसन्धानबाट खुलेकाे  हाे।

पाँच जनाको समूहमा आएका उनीहरुले दरबारमार्गमा रहेको माया मनोहर बुटिक होटेल बुक गराएर बसेका थिए।

प्रहरीका अनुसार शनिवार बेलुका प्रहरीलाई एटिएमबाट रकम झिकिएको सूचना बैंकले नै दिएपछि पैसा झिक्नेहरुको खोजीका लागि अधिकांश एटीएम बुथ नजिक प्रहरी परिचालन गरिएको थियो। 

प्रकाशित: १५ भाद्र २०७६ ०८:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App