६ वैशाख २०८१ बिहीबार
समाज

नविल बैंकबाट पैसा चोर्ने ५ चिनियाँ पक्राउ, १ सय ३२ एटीएम कार्ड बरामद

काठमाडाैंँ - एटीएमबाट  पैसा चोर्ने ५ चिनियाँ पक्राउ परेका छन्।  अनधिकृत रूपमा रकम निकाल्ने पाँच चिनियाँ नागरिकको गिरोहलाई प्रहरीले विशेष सूचनाका आधार पक्राउ गरेको हो। प्रहरीले उनीहरुलाई शनिबार राति कारोडौँ रूपैयाँसहित पक्राउ गरेका हो।  दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुका साथबाट प्रहरीले १ करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ बरामद गरेकाे छ भने ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद गरेको छ।त्यस्तै उनीहरूकाे साथबाट १ सय ३२ वटा एटीएम कार्डसमेत प्रहरीले बरामद गरेकाे छ। काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पक्राउ परेकाहरु चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । उनले भने,'दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी छ।'

प्रकाशित: १५ भाद्र २०७६ ०३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App