अछाम– अछामको पञ्चदेवल विनायक नगरपालिका र तुर्मार्खाद गाउँपालिकामा रहेको एन सेलको टावरमा विप्लव समुहले आगजनी गरेको छ।
पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ३ र तुमार्खाद गाउँपालिका वडा नम्वर ७ तितौडामा रहेको एनसेलको टावरमा विप्लपले आगजनी गरेको हो। पुर्वी अछामको सञ्चार सेवालाई जोडी रहेको एनसेलको टावरमा गए राती आगजनी भएको हो। टावर क्षती भएसंगै विनायक र तुर्माखादका धेरै जसो क्षेत्रका नागरिकहरुको सञ्चार सम्वन्धविच्छेद भएको छ।
टावरमाभएको क्षतीबारे विवरण संकलन गर्ने काम भइरहेको अछाम प्रहरी प्रमुख डिएसपी जनकवहादुर शाही बताए। उनले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारीएको वताएका छन्।
प्रकाशित: १६ श्रावण २०७६ १२:१० बिहीबार