२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

केन्यामा पक्राउ परेका १२ जना नेपाली महिलाको उद्दार

काठमाडाैं– वैदेशिक रोजगारीको सिलसिलामा अफ्रिकी मुलुक केन्यामा पुगेका १२ जना नेपाली महिलाहरुलाई उद्धार गरी नेपाल ल्याइएको छ। नेपाल ल्याए पश्चात् उनीहरूलाई आफन्तको जिम्मा लगाइएको छ।

ती महिलाहरु केन्यामा पक्राउ परेको भन्ने बिभिन्न पत्रपत्रिका र सामाजिक सन्जाल मार्फत समाचार फैलिएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलले निरन्तर फलोअप गरेको थियो। सोही क्रममा केन्यास्थित गैरआवसिय राजनितिक मिसन, दक्षिण अफ्रिकास्थित नेपाली दुतावास, डिरेक्टोरेट अफ क्रिमिनल इन्भेस्टिगेसन केन्या लगायत अन्य संघसंस्थाको सहकार्यमा बिहीबार अन्र्तराष्ट्रिय आप्रवासी संस्थाको सहयोगमा उनीहरुलाई नेपाल ल्याएको प्रहरीले जनाएकाे छ।

उद्धार गरिएका महिलाहरु विभिन्न मितिमा भारत हुँदै केन्या पुगेको खुल्न आएको छ। उनीहरूलाई केन्याको मुम्बासा शहरस्थित रङगीला डान्सबारमा केन्या प्रहरीले छापा मारी महिलाहरुसँगै मालिकलाई पक्राउ गरेको थियो। त्यसपछि उद्धार गरी नेपाल फर्काइ प्रारम्भिक अनुसन्धान पश्चात अन्र्तराष्ट्रिय आप्रवासी संस्थाका प्रतिनिधिको रोहबरमा उनीहरुका आफन्तलाई शुक्रबार जिम्मा लगाइएको हो।

यस सम्बन्धमा अन्य थप अनुसन्धान कार्य जारी रहेको उक्त ब्यूरोले जनाएको छ।

 

प्रकाशित: ३ श्रावण २०७६ ११:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App