१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

दोरम्बाको नाम ‘दोरम्बा शैलुङ’

रामेछाप – रामेछापको दोरम्बा गाउँपालिकाले स्थानीय निर्वाचन भएको अढाई वर्षपछि नाम परिवर्तन गरी ‘दोरम्बा शैलुङ’ राख्ने भएको छ। बुधबार बसेको दोरम्बा गाउँपालिकाको गाउँसभाले गाउँपालिकाको नाम परिवर्तन गर्दै देरम्बा शैलुङ राख्ने निर्णय गरेको हो।

गाउँपालिकाले पर्यटन क्षेत्रलाई समावेश गर्ने उद्देश्यले नाम परिवर्तन गरेको दोरम्बा गाउँपालीका–२ का वडाध्यक्ष खड्काबहादुर श्रेष्ठले बताए। शैलुङ ऐतिहासिक तथा धार्मिक स्थल भएकाले गाउँपालिकाको नाम ‘दोरम्बा शैलुङ’ राखिएको उनले बताए। गाउँसभाबाट पारित नाम संघीय मामिला मन्त्रालयमा पठाइने उनले बताए। यसअघि रामेछापको लिखु गाउँपालिकाले पनि नाम परिवर्तन गर्दै लिखु तामाकोसी गाउँपालिका राखिएको थियो।

प्रकाशित: १३ असार २०७६ ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App