१६ चैत्र २०८० शुक्रबार
समाज

सिरिन्ज आक्रमणमा संलग्न भएको आशंकामा एक पक्राउ

काठमाडौँ – सिरिन्ज आक्रमणमा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष कार्की रहेको छन् । उनलाई नेपाल प्रहरीको काठमाडौं परिसरले बिहीबार राति महाराजगञ्जबाट पक्राउ गरेको हो ।

काठमाडौँ प्रहरी प्रमुख उत्तम सुवेदीले पक्राउ गरिएको कार्कीमाथि थप अनुसन्धान भइरहेको बताए।

पछिल्लो समय काठमाडौँ उपत्यकासहित आसपासको जिल्लामा शृङ्खलाबद्ध रुपमा सिरिन्ज आक्रमणको घटना भएपछि प्रहरीले सर्तकता बढाएको छ। बनेपामा पनि सोही प्रकृतिको घटना भएको छ । सबै घटनामा संलग्नको रहेकाहरु रहेका छन तर प्रहरीले उनीहरुको खोजी गरिहेको छ।

प्रकाशित: १३ असार २०७६ ०१:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App