४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कर्मचारी सरूवा हुँदा तीन वडा सचिवविहीन

खोटाङ–समायोजनका क्रममा कर्मचारीको सरुवा भएपछि खोटाङको खोटेहाङ गाउँपालिकाको तीन वडा सचिवविहीन बनेको छ। वडा सचिवका रूपमा कार्यरत मनोज राईको इलाका प्रशासन कार्यालय खोटाङबजार सरुवा भएपछि खोटेहाङ गाउँपालिका–१, लिकुवापोखरी र ३, सावाकटहरे वडा सचिवविहीन बनेको हो।

यस्तै कार्यरत कर्मचारी सरुवा गएपछि खोटेहाङ गाउँपालिका–५, चिप्रिङ ६ महिनादेखि वडासचिवविहीन बनेको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए। कर्मचारीको सरुवा भएपछि वडाको सेवा प्रवाहमा कठिनाइ भइरहेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाको ९ वटा वडामध्ये हाल खोटेहाङ गाउँपालिका–४, बड्कादियाले र खोटेहाङ गाउँपालिका–७, खोटाङबजारको कामकाज गाउँपालिकामा दरबन्दी भएका कर्मचारी गोविन्द पराजुलीले सम्हालिरहेका छन्।

गाउँपालिकाको योजना शाखा, न्यायिक समितिलगायतको जिम्मेवारी सम्हालिरहेका पराजुलीलाई कर्मचारी अभावमा दुई वडाको कामसमेत जिम्मा लगाइएको खोटेहाङ गाउँपालिका–७, खोटाङबजारका वडाध्यक्ष शिव फुयाँलले बताए।

कर्मचारी अभावमा खोटेहाङ गाउँपालिका–८, सिम्पानी र खोटेहाङ गाउँपालिका–९, लिच्कीराम्चेको काम जगत श्रेष्ठले गरिरहेका छन्।

प्रकाशित: १० असार २०७६ ०८:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App