२ आश्विन २०७७ शुक्रबार
समाज

जहाँ इनार छ, पानी छैन

भक्तपुर– भक्तपुरको टोलटोलमा (तुन्छी) इनारहरु छन्। ५ मिनेटको दुरीमा यहाँ एउटा इनार भेटिन्छ्। उदाहरणको लागि हामी दत्तात्रय मन्दिर अगाडि एउटा इनार रहेको छ। त्यसको पूर्व सूर्यमढी जाने बाटोमा अर्को तला तुन्छी इनार भेटिन्छ। यसरी ५ मिनेट वा ५ भन्दा कम दुरीमा भक्तपुरमा इनारहरु छन्। तर विडम्वना इनारमा पानी भने छैन्। कुनै इनार स्थानीयले प्रयोग गरेका छन् भने कुनै छैन्। तर प्रयोग गरेको इनारमा पनि पानी छैन्, प्रयोग नगरेको इनारमा पनि पानी छैन्।

भक्तपुरकी ६५ वर्षीय विकुलक्ष्मी मानन्धर आफू सानो बेलादेखि इनारमा पानी लिर्दै आएको बताउँछिन्। उनी भन्छिन्, हाम्रो दिन नै यहि इनारबाट मुख धोएर सुरु हुन्छ। यहाँ विहान उठ्ने वित्तिकै घर बडारेर इनारमा पानीले घर चोखो हुने जनविश्वास रहेको उनी बताउँछिन्। यहाँ सबै महिलाहरुको दिन यसरी सुरु हुने उनी सुनाउँछिन्। उनी भन्छिन्, पहिला इनारमा पानी लिन जादा टोलका सबै दिदीबहिनीहरु भेट हुने गथ्र्यो। उनी निराश हुर्दै पहिला पानीको स्रोत भनेकै इनार भनेको बताउँंछिन्। अहिले नामको इनारहरु छन्। इनारमा हेर्दा पानी भन्दा धेरै प्लास्टिकका फोहोर रहेको उनी बताउँछिन्। पहिला खानेपानीको स्रोत भनेकै इनार रहेको उनी सम्झिन्छिन्। सबैभन्दा चोखो पानीको रुपमा लिने गरिन्थ्यो, उनी भन्छिन्।

भक्तपुर दुधपाटीका स्थानीय बासी ४५ वर्षिय पुण्यश्वरी खत्री इनारमा पहिला धेरै पानी हुने बताउँछिन्। आफू सानो बेलामा इनारमा आफुले हातले छुन हुने गरी पानी भएको उनी सम्झिछिन्। अहिले मानिसहरुको चाप तथा घरहरुको बृद्धि भएपछि इनारमा पानी कम भएको उनी बताउँछिन्। उनी भन्छिन्, घरमा धारा भएपछि मान्छेहरुले इनारलाई बेवास्ता गरेका थिए। तर अहिले पानी समस्या सुरु भएपछि फेरी इनारलाई प्रयोग गर्न थालेको छन्। अहिले पनि धेरै ठाउँहरुमा इनारको अवस्था एकदम दयनीय छन्।

ब्यासीका स्थानीयबासी पुजन बासुकलाले अहिले इनारमा पानी लिने महिलाहरु एकदम कम भएको बताउँछन्। उनी भन्छन्, पहिला पो गाग्री लिएर इनारमा पानी भर्न जाने गर्थे अहिले त घरमै ट्याक्टरले पानी पुर्याएको छ। अबको केही वर्षमा हाम्रा नयाँ पुस्ताले इनार किन बनाएको होला भनेर प्रश्न सोध्न बेर नलाग्ने उनी बताउँछन्।

सँस्कृतिवृद ओम धौभडेलले मान्छेहरुको बस्तीसँग इनारको महत्व रहेको बताउँछन्। उपत्यकामा पहिलाको पानीको मुहान भनेकै इनार रहेको धौभडेल बताउँछन्। त्यहि इनारको पानी बढी भएको खण्डमा त्यस इनारको पानी पोखरी तथा ढुंगेधारमा प्रयोग हुर्दै आएको उनी बताउँछन्। साथै इनारको बनावट माथि ढुंगा तर तल सबै इट्टाले घेरीएको हुन्छ। त्यो घेरिनुको एउटा विशेष कारण भएको उनी बताउँछन्। त्यस्तो आकारको बनाउनुको कारण त्यो इट्टाको कापबाट पानीभित्र आउने सकोस भन्ने भनेर बनाइएको उनी सुनाउँछन्। त्यसैले अहिले पनि स्थानीय नगरबासीहरु आफूले प्रयोग गर्ने पानीको मुहान सफा रहोस् भनेर वर्षको एकचोटी सिथिनखः पर्वमा पानीको मुहान सफा गर्ने परम्परा रहेको उनी बताउँछन्। अबको केही गरी धाराको पानी बन्द भएको खण्डमा पानीको स्रोत इनार नै हुने भएको उनी सुनाउँछन्। त्यसैले यसलाई जर्गेणा गरिराख्नु पर्ने उनले बताए।

एक अध्ययनले उपत्यकामा दुई सय ३३ वटा परम्परागत ढुङ्गेधारा अझै चालु रहेको र १ सय ५६ लोप भइसकेको देखाएको छ। परम्परागत इनारहरु ललितपुरमा ३ सय ८८, मध्यपुर थिमीमा ९८ र भक्तपुरमा मात्रै ३ सय ९८ रहेको तथ्यांक छ।

प्रकाशित: २६ जेष्ठ २०७६ १४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App