८ वैशाख २०८१ शनिबार
समाज

टिपर फस्दा रिडि-वामी सडक अवरुद्ध

गुल्मी - बीच सडकमा टिपर फसेपछि रिडि (रुद्रबेडी)वामी सडक खण्ड अवरुद्ध भएको छ। मुसिकोट नगरपालिका वडा न ५ को इन्द्रेगौडाको  सडकमा टिपर फसेपछि मंगलवार साझबाट सड्क अवरुद्ध भएको हो।

गुल्मी र बाग्लुङको अत्यन्तै ब्यस्त सडक अवरुद्ध भएपछि सयौं गाडी रोकिएको स्थानीय व्यवसायी छबिलाल खरालले बताए। बाग्लुङको बुर्तिबाङ र गुल्मीका वामी, भुवचिदी लगायतका स्थानबाट बुटवल काठमाडौ र अन्य गन्तव्यमा हिडेका तथा फर्केने यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन्। अहिले अबरुद्ध सडक खुलाउन प्रयास भैरहेको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए।

प्रकाशित: २२ जेष्ठ २०७६ ०१:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App