७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

काफल टिप्न जाँदा करेन्ट लागेर मृत्यु

रुकुम- रुकुम (पश्चिम)मा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको मुसीकोट नगरपालिका ११ का ११ वर्षिय केशव परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का निमित्त प्रमुख प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए। जंगलमा काफल टिप्न रुख चढेको बेला उनलाई करेन्ट लागेको बताइएको छ।

करेन्ट लागेर गम्भिर घाइते भएका बालकलाई उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाई छ। मृत्यक बालको शव जिल्ला अस्पताल सल्लेमा पोष्टमार्टम पछि अन्तिम सस्कारको लागि आफ्न्तलाई बुझाइएको निमित्त प्रमुख प्रहरी निरीक्षक क्षेत्रीले जनाए।

 

प्रकाशित: १३ जेष्ठ २०७६ ०९:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App