coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अर्घाखाँचीमा दुई बम निष्कृय, स्थानीय त्रसित

गुल्मी - अर्घाखाचीका दुई स्थानमा राखिएको वम निष्कृय पारिएको छ । जिल्लाको सदरमुकाम सन्धिखर्क बजारमा रहेको अर्घाखाची शिक्षा क्याम्पस नजिकै र वाइखोला किनारमा रहेका वमलाई नेपाली सेनाकाे डिस्पोजल टोलीले निष्कृय गरेको हो।रामवाण गुल्मको वम डिस्पोजल टोलीका अनुसार दुवै स्थानमा रहेका शकांस्पद बस्तु वम नै भएको बताइएको छ।

विप्लव नेतृत्वको नेकपा माओवादीले सोमवार नेपाल बन्दको आह्वान गरेको हुन्। विप्लव समूहले आह्वान गरेको बन्द सफल पार्न विभिन्न स्थानमा शंकास्पद बस्तु राखेको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाचीले जनाएको छ। सदरमुकाम सन्धिखर्ककै दुई स्थानमा वम फेला परेपछि स्थानीय त्रसित भएका छन्।

बन्दका कारण जिल्लाका सम्पूर्ण बजारहरु पूर्ण रुपमा वन्द रहेका छन । जिल्लाको सदरमुकामवाट छुट्ने लामो तथा छोटो दुरीका कुनैपनि सवारीका साधनहरु चलेका छैनन भने निजी सवारीका साधनहरु पनि ठप्प रहेका छन । उद्योग, कलकारखाना,शैक्षिक सस्थाहरु पनि बन्द रहेका छन ।

प्रकाशित: १३ जेष्ठ २०७६ ०३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App