२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

सिन्धुपाल्चोकमा ट्याक्टर दुर्घटना, १८ वर्षीय युवकको मृत्यु

सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–१२ भिमटारमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बिहीबार बिहान भएको सो दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। भिमटारबाट बोर्डगाउँतर्फ जाँदै गरेको को २ त ७६१० नम्बरको ट्याक्टर सडकमा दुर्घटना भएको हो।

दुर्घटनामा सोही ठाउँ बस्ने १८ वर्षीय चालक मनिष दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका दनुवारलाई उपचारका लागि मेलम्ची अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा ट्याक्टरमा सवार अन्य दुई जना घाइते भएका छन्। उनीहरूको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: १७ वैशाख २०८३ १८:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App