लुम्बिनी - पाँच दशक पहिले संयुक्त राष्ट्रसंघ (युएन) का तत्कालीन महासचिव उथान्त लुम्बिनी आएर े अवधारणा अघि बढाएपछि युएनले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकासमा चासो देखाएको थियो। सन् १९७० मा जापानीज वास्तुविद केन्जो तेङ्गेसहित लुम्बिनी विकासको गुरुयोजना बनाउन उथान्तले मुख्य भूमिका निर्वाह गरेका थिए।
जुन लुम्बिनीलाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउनका लागि कोसेढुंगा सावित भयो। तर पाँच दशकपछि लुम्बिनी उथान्तले देखेको सपनाभन्दा धेरै टाढा पुगेको छ। उनले लुम्बिनीलाई विश्वशान्ति, पर्यावरण संरक्षण र विकासको प्रतीक बनाउन चाहेका थिए। शुक्रबार बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा उथान्तको सालिक अनावरण गर्दैगर्दा उनका नाति थान्त मिन्ट युले हजुरबाको त्यही सपना सम्झिए।
‘हालैका वर्षमा लुम्बिनीमा धेरै कुरा भएको पाएँ, म आशावादी छु। आगामी वर्षहरूमा लुम्बिनीलाई ठूलो बौद्ध धर्मस्थल र अन्तर्राष्ट्रिय पर्यटकको आकर्षकको केन्द्र बनाइनेछ, यससँगै लुम्बिनी विकाससम्बन्धी उथान्तको योजनासँग पनि जोड्न आवश्यक छ,’ मिन्ट युले हजुरबाले युएन महासचिवका रूपमा लुम्बिनी भ्रमण गरेको सम्झँदै नागरिकसँग भने। महासचिव उथान्तले भियतनाम र कम्बोडिया युद्ध र अमेरिका र सोभियत संघको भूराजनीतिक द्वन्दका कारण विश्व शान्तिमा चुनौती थपिएका बेला लुम्बिनी भ्रमण गरेका थिए।
पाँच दशकपछि लुम्बिनी उथान्तले देखेको सपनाभन्दा धेरै टाढा पुगेको छ। उनले लुम्बिनीलाई विश्वशान्ति, पर्यावरण संरक्षण र विकासको प्रतीक बनाउन चाहेका थिए।
‘उथान्तले सन् १९६० पछि विश्वमा देखापरेका कठिन परिस्थितिलाई सम्बोधन गर्ने प्रयास गरेका थिए,’ उनले भने। ‘उथान्त लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिकस्थलमात्र नभएर, विश्वमा विभिन्न समस्याहरू उत्पन्न हुँदा मानिसहरूबीच वार्ता र छलफल गर्ने उपयुक्त स्थानका रूपमा समेत विकास गर्न चाहन्थे,’ मिन्ट युले भने। तत्कालीन महासचिव उथान्तले लुम्बिनी भ्रमणलाई जीवनकै महत्वपूर्ण भ्रमणसमेत भनेका थिए। उथान्तलाई लुम्बिनीको विकासमा अन्तर्राष्ट्रिय सहयोग भिœयाउने मुख्य व्यक्तिका रूपमा समेत हेर्ने गरिन्छ। उथान्तको योगदानलाई अन्तर्राष्ट्रिय तहमा पु¥याई बुद्ध जन्मस्थललाई पर्यटकीय केन्द्र बनाउन लुम्बिनी विकास कोष तथा लुम्बिनी होटल एसोसिएसनको पहलमा लुम्बिनीमा उनको सालिक स्थापना गरिएको हो।
लुम्बिनी विकास कोषका उपाध्यक्ष मेट्टियाय शाक्यपुट्टा उथान्तको सालिक लुम्बिनीको विकासमा उनको योगदानको सम्मानमा राखिएको बताए। उनले उथान्तको सपनालाई पछ्याउँदै लुम्बिनीमा विश्वमा शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय शान्ति केन्द्रको स्थापना गर्ने बारेमा योजना बनाइरहेको पनि बताए। त्यसो त कान्जो टेङ्गेले तयार पारेको गुरुयोजना पूर्ण रूपमा कार्यान्वयनमा आइनसकेकाले उथान्तको योजना अझै धेरै टाढा रहेको छ। सो गुरुयोजना सन १९७८ मै स्वीकृत भएको थियो। ‘हामी निशारावादी हुनुहुँदैन। मुलुकमा लामो समय अस्थिरता हुँदाहुँदै पनि पछिल्लो ४० वर्षमा धेरै प्रगति भएको छ, हामीले गुरु योजनालाई दुई वर्षभित्र पूर्णरूपमा कार्यान्वयन गर्न पूरै शक्ति लगाएर काम गरिरहेका छौं,’ उपाध्यक्ष शाक्यपुट्टले भने।
उथान्तले लुम्बिनीलाई बुद्ध धर्मालम्बी र गैरबुद्धिष्ट गरी दुवै पक्षलाई आकर्षण गर्ने सुन्दर ठाउँ बनाउने आशासहित लुम्बिनी भ्रमण गरेको उल्लेख गर्दै यूले भने, ‘उहाँको सालिकले मानिसलाई लुम्बिनी बुद्धिष्ट क्षेत्र मात्र नभएर अन्तर्राष्ट्रिय शान्ति, विकास र पर्यावरण सुरक्षासँग पनि जोडिएको छ भन्ने कुरा सम्झना गराउनेछ।’
प्रकाशित: ५ जेष्ठ २०७६ ०१:५२ आइतबार


-600x400.jpg)


-600x400-wm.jpg)